नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा हुने मंगोलियनहार्ट’ लाईभ ब्याण्ड सांगितिक साँझ सफल बनाउन गायक राजु लामा सहितको टिम इजरायल आइपुगे !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
आउदो सेप्टेम्बर १६ तरिख साझ इजरायलमा हुन गईरहेको मंगोलियनहहार्ट’ लाईभ ब्याण्ड सांगितिक साँझ सम्पन्न गर्न चर्चित गायक राजु लामा सहितको मंगोलियनहर्ट’ लाईभ ब्याण्ड इजरायल आइपुगेको छन !

रातको १२बजे इजरायलको बेन्गुरियन एयरपोट आएको ब्याण्ड समुहलाई स्वागत गर्न अध्यक्ष पेमा लामा ,पुर्ब अध्यक्ष उर्मिला पाखृन,बरिस्ठ उपाध्यक्ष एलिजा दोङ,शंकर गोले , कोशाध्यक्ष अनिता तामाङ, उप महासचिव कुमारी गोल्देन लगायत एयरपोट पुगि भब्य स्वागत गरेका थिए !

कार्यक्रम संयोजक बीबी लामा तामाङका अनुसार नेपाल तामाङ घेदुङ इजरायलले २०१८ मा स्थापना गरेको ‘तामाङ शैक्षिक अक्षयकोष’ वृद्धि गर्ने मुख्य उदेश्यले गर्न लागेको उक्त सांगितिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैईसकेको बताएका छन ।

आयोजक संस्थाका अनुसार सांगितिक साँझको लगभग सम्पूर्ण टिकटहरु बिक्रि भैईसकेकोले कार्यक्रम हलमा पुगेर टिकट लिन सम्भव नभएको हुदा इच्छुक दर्शकहरुले अहिले नै आयोजक संस्थासंग सम्पर्क गरेर टिकटबारे बुझ्नु हुनु नेपाल तामाङ घेदुङ इजरायलले अनुरोध गरेको छ।

तामाङका अनुसार तामाङ शैक्षिक कोष अभिवृद्धि सह्योगार्था कार्यक्रम भएकोले इच्छुकहरुले स्वइच्छा सहयोग गर्न सक्ने र सहयोगी मनका धनीहरुलाई ल्होछार कार्यक्रममा सम्मान गरिने बताईएको छ  ।

आयोजक संस्थाले उक्त दिन सबै नेपाली तथा नेपालीभाषी सहयोगीमनहरुलाई सहभागिताको लागि अपिल गरेको छ ।

गायक राजु लामा लगायतले उक्त दिन समय मिलाएर कार्यक्रममा आइ कार्यक्रम सफल बनाउन साथै रम्न रमाउन सबैमा अपिल गरेका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine ÷ = seven