झापाली समाज इजरायलको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्दीप भण्डारी !

इजरायल बिसेष

तिनजुरे अनलाइन/

झापाली समाज इजरायलको तेश्रो अधिवेशन गत शुक्रबार इजरायलको   तेलअभिवमा सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक प्रसाद ओलीको प्रमुख आतिथ्यता साथै विशेस अतिथि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञावाली, संरक्षक जय प्रसाद ओडारी, सल्लाहकार संगीता ओलीको रहेको थियो भने अतिथिमा इजरायलमा स्थापना भएका सामाजिक, धार्मिक, राजनीतिक, सांगीतिक, साहित्यिक तथा मिडियाकर्मीहरु लगायत इजरायलमा रहेका झापाली तथा गैर झापालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको विधिवत उद्घाटन गर्दै सभापति, प्रमुख अतिथि, विशेस अतिथि लगायतबाट दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा प्रवासमा रहेका झापालीलाई आफ्नो ठाउँको सम्झाना दिलाउन तथा झापा जिल्ला पनि देश विकासमा एक अग्रमी स्थानमा छ र धेरै धार्मिक, पर्यटक स्थल र सम्भावनाले भरीपूर्ण छ भन्ने देखाउन अन्य जिल्लावासीहरुलाई एक पटक झापा घुम्म आउन निम्तो गर्दै जिल्ला परिचयको एक बृतचित्र प्रस्तुत गरिएको थियो ।

झापाली समाज इजरायल किन आवश्यक रहयो अनि सस्था के कसरी कुनरुपले अगाडी बढ्दै छ भन्ने सस्थाको परिचय साथै आगामीदिनमा समाज अझ धेरै सक्रिय रहेर समाज सेवा गर्नेकुरा उल्लेख गर्दै समाजका तत्कालिन उपाध्यक्ष इन्द्र मणि प्रसाई (निकेश) ले सस्थाको परिचय दिएका थिए भने तत्काली ब. उपाध्यक्ष सन्दीप भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजले हाल सम्म गरेका सामाजिक कार्य, आर्थिक गतिवधि प्रस्तुत गरेका थिए अन्तर्गत समाजले यो २०१७/१९ कार्यकालमा जिल्ला तथा इजरायलमा परेका बिभिन्न सामाजिक समस्याहरुलाई सके सम्मको साथ दिदै २० लाख बढी नेपाली रुपैयाँ सामाजिक कार्यमा सहयोग गरेको कुरा उल्लेख गरेका थिए भने समाज संचालनमा भएका खर्चहरु कटाएर २२ हजार सेकल झन्डै साढे ६ लाख नेपाली रुपैया हाल समाजमा बचत रहेको कुरा प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली सामाजका उपाध्यक्ष तथा अधिवेशनका प्रमुख अतिथि दिपक प्रसाद ओलीले अझास स्थापनाको १ बर्ष अवधिमै जिल्ला विकासमा धेरै काम गरेको जस्तै कमल गाउपालिकामा बाढी पिडितबाट विस्थापित १३ घरपरिवारलाई झन्डै ५० लाख लागतमा बस्ति निर्माण गरिदिएको, झापाको एक मात्र विमानस्थल चन्द्रगढी विमानस्थलको स्तर उन्नतिको लागी अझासले सहयोग गरेको, हरेक बर्ष झापामा हुने झापा गोल्डकपमा दोश्रो पुरस्कार प्रायोजक अझासले गर्नेगरेको कुरा उल्लेख गर्दै यस्ता सामाजिक कार्यहरुमा झापाली समाज इजरायलले खुलेर साथ सहयोग गरेको र आगामी बर्षहरुमा ऊतिनै साथ सहयोग इजरायल शाखाले गर्नेकुरा आफु ढुक्क रहेको बताउदै २०१९/२१ को बन्ने समिति र तत्कालिन समितिलाई अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन कलाकार मंच इजरायलकी स्वस्तिका श्रेष्ठबाट निकै मिठो गीतमा नित्य प्रस्तुत गरिएको थियो भने सस्थाकी तत्कालिन सचिब मुना अधिकारीले एक राष्ट्रिय भावले भरिएको मिठो गीत गाएर उपस्थित सम्पूर्णलाई मनोरंजन दिलाएकी थिईन भने कार्यक्रमका प्रमुख अतिथि, संरक्षक लगायत तत्कालिन कार्यसमितिले झापाली समाज इजरायल तेश्रो अधिवेसन लेखिएको केक काटेर खुशी साटासाट गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रको पहिलो चरणको कार्यक्रमलाई अन्त्य गर्दै तत्कालिन झापाली समाज इजरायलका अध्यक्ष तथा सभापति गणेश गौतम सागरले सस्था स्थापनाकाल देखीका विगतलाई सम्झदै समाजलाई यो ठाउँ सम्म ल्याउन र स्थापना गर्न दिनरात खटेका सहकर्मी मित्रहरुलाई सम्झदै सबैलाई धन्यवाद ब्यक्त गरेका थिए भने समाजले हाल सम्म गरेका काम, समाजले खेलेको भूमिका अनि आगामीदिनमा समाजले गर्ने केहि योजनाहरुको बारेमा स्पष्ट धारणा राखेका थिए । इजरायलमा रहेका धेरै झापाली तथा नेपाल फर्की सक्नु भएका साथीहरुको निकै धेरै परिश्रमबाट मात्रै समाज यो ठाउ सम्म आउन सकेको स्मरण गर्दै शिवसतासी नगरपालिकामा निर्माणाधिन पार्कमा समाजको सहयोगमा निर्माण गर्न लागिएको टहरा हामी झापालीहरुको गौरवको आयोजना हुने कुरा उल्लेख गर्दै इजरायलमा रहेका सम्पूर्ण झापालीहरुलाई सकेको सहयोग गर्न आवहान गर्दै अब बन्ने कार्यसमितिलाई आफुले भरपुर साथ सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्दै अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने साथै समाजको निमन्त्रणालाई स्विकार गरी सहभागी सम्पूर्ण समाज, संगठन, विभिन्न मिडियाबाट उपस्थित हुने मिडियाकर्मीहरुलाई विशेस धन्यवाद ब्यक्त गर्दै आफ्नो अध्यक्षयतामा रहेको १०१७/१९ समिति बिगठन भएको घोषणा गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको जानकारी गराएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा समाजका संरक्षक तथा अधिवेशन संयोजक जय ओडारीले समाज स्थापनाकालमा साथीहरुले खेलेको भूमिका स्मरण गर्दै समाज यो ठाउ सम्म आउन सबैको उतिक्कै साथ सहयोग गरेको उल्लेख गर्दै सबैलाई धन्यवाद ब्यक्त गर्दै झापाली समाज इजरायलको २०१९/२१ को सर्वसहमतिमा चयन भएका नयाँ पदाधिकारीहरुको नामावली प्रस्तुत गर्दै कार्यसमितिको घोषणा गरेका थिए भने नव गठित समितिलाई प्रमुख अतिथि, विशेस अतिथि, तत्कालिन अध्यक्षले प्रमाणपत्र तथा खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

सन्दिप भण्डारीको अध्यक्षतामा गठन भएको कार्यसमितिमा निम्न अनुशारका पदाधिकारीहरु रहेका छन् बरिष्ठ उपाध्यक्ष माला योञ्जन तामांङ, उपाध्यक्षहरुमा इन्द्र मणि प्रसाई (निकेश), साबित्रा लुईटेल घिमिरे, नम्रता उप्रेती, महासचिव: खेमराज जमर कट्टेल, सचिव: मुना अधिकारी, कोषाध्यक्ष: निर्मला दाहाल पौडेल, सह कोषाध्यक्ष: पबित्रा चापागाई, सदस्यहरुमा पबित्रा बजगाई, प्रज्ञा कार्की, ज्योति प्रधान, कशिस वान्तवाराई, रमा बुढाथोकी, दुर्गा चापागाई, कुमार आङदेम्बे, कुशल शर्मा, बिष्णु उप्रेती, टिकाराम तिम्सिना र देवी खरेल पाण्डे रहेका छन् ।

कार्यक्रममा सफल्ताको कामना गर्दै नेपाल राजदुतावास इजरायलबाट पठाइएको शुभकामना पत्र साथै झापाली समाज कुवेत लगायतले पठाएको शुभकामना पत्र पढेर सुनाईएको थियो ।

इजरायलको तेलअविभ स्थित एभरेस्ट डिस्को हलमा सम्पन्न भएको कार्यक्रमलाई कुसलता पुर्वक संचालन समाजकी तत्कालिन कार्यसमिति सदस्य तथा नवनिर्वाचित कोषाध्यक्ष निर्मला दाहाल पौडेलले गरेकी थिईन ।

हाम्रो दमकबाट साभार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = fifty four