नेहा मन्जु फाउण्डेसनको पहलमा इटहरीमा बन्दै गरेको साइ सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग!

इजरायल बिसेष

इजरायल,
नेहा मन्जु फाउण्डेसन द्वारा  समाजसेवी नेहा मन्जु गुरुङको पहलमा बुद्ध जयन्तिको उपलक्ष्यमा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि इजरायललाइ कर्मथलो बनाएका ३० जना समाजसेवीहरु मार्फत रु १,२५०००( एक लाख पच्चीस हजार) नगद समाजसेवी अञ्जना भण्डारी भट्टराई द्वारा इटहरी साइ सेन्टरकि अध्यक्ष निर्मला श्रेष्ठलाइ एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ।

ईजराईल निवासी समाजसेवीहरु नेहा मंजु गुरुङ २८० सकेल, गीतकार समाजसेवी कादम्बरी दाना श्रेष्ठ ३०० सकेल, समाज सेवि सुजाता  गौतम नेरु ५,०००, मंजु घिमिरे नेरु ५,०००, तारा पोखरेल १४० सकेल, निलम गिरि भट्टराई १४० सकेल, संजु भण्डारी २०५ सकेल, रमेश कुमार पौडेल १५० सकेल, देबी सुबेदी १४० सकेल, सिशा गुरुङ १०० सकेल, दिपा लामा १०५ सकेल, कल्पना न्यौपाने १०० सकेल, मुना बजगाई १०० सकेल, राम माया थापा १०० सकेल, सिमा क्षेत्रि १०० सकेल, ऋतु पौडेल १०५ सकेल, आशा लामा १०० सकेल, मिना बास्कोटा ५१ सकेल, रिता घले १०० सकेल, प्रकाश श्रेष्ठ १०१ सकेल, अञ्जना राइ १०१ सकेल, अर्जुन बस्नेत १०१ सकेल, सुनिता श्रेष्ठ १०१ सकेल, सुरेश क्षेत्रि १०० सकेल, सुल्ताना श्रेष्ठ १०१ सकेल, मनु श्रेष्ठ ५१ सकेल, युनिका गुरुङ १०० सकेल, कल्पना भण्डारी पन्थ १०१ सकेल नगद संकलन गरि हस्तान्तरण गरिएको थियो।

बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष, नेपाली नारि आवाज इजराईलकि अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ।त्यसैगरी विभिन्न धार्मिक संघ संस्थाहरु धार्मिक कार्यक्रमको लागि समेत सहयोग गर्दै आएकी छिन। भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।

बिदेशी भूमिमा बसेर सदैब नेपालीहरुको सेवा-सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन। उनि विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरुमा पनि यस्तै सहयोग जारी राख्ने बताएकि छन ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 30 = thirty four