नेपाली जनसम्पर्क समिती इजरायल स्थापनाको दोश्रो ऐतिहासिक वार्षिकोत्सव तथा ३६औं बिपी स्‍मृति दिवस सम्पन |

इजरायल बिसेष

तिनजुरे अनलाइन,

                                                                                                                  फोटो: बीबी लामा
नेपाली जनसम्पर्क समिती इजरायल स्थापनाको दोश्रो ऐतिहासिक वार्षिकोत्सव तथा ३६औं बिपी स्‍मृति दिवस गत शुक्रबार इजरायलको  तेलअभिब  सम्पन्न भएको छ ।

कार्य बाहक सभापति डम्मर गुरुङको सभापतित्व तथा नेपाली दुतावास इजरायलका राजदुत महामहिम निरन्जन कुमार थापाको  प्रमुख अतिथी, एनआरएन ए इजरायलका अध्यक्ष छिरिङ्ग शेर्पा बिशेष अतिथी र इजरायलमा अबस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथी रहेको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती इजरायलकी तृतिय उप-सभापति नितु कार्कीले स्वागत मन्तब्य दिएकी थिइन भने संस्थाका तृतिय महामन्त्री खगेश्वर अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा स्वागत मनत्ब्य तृतीय उपसभापति नितु कार्किले ब्यक्त गर्नुभएको थियो भने बार्षिक प्रतिबेदन सह महामन्त्री गौरी सुवेदी प्रस्तुत गर्नुभएको थियो साथै अन्य वक्ता हरुमा महामन्त्री उशा सुवेदी सल्लाहकार सुरेन्द्र प्रसाईं, सह कोषाध्यक्ष सुर्य राना, दुतिय उप सभापति राजेन्द्र खनाल,प्रबक्ता राज छत्कुली , सांस्कृतिक बिभाग प्रमुख माया खनाल, सदस्य माया खनाल ,जनजाती महासंघ इजरायलका अध्यक्ष नरेस कुमार श्रेष्ठ, सदस्य माया खनाल लगायत रहनु भएको थियो भने धन्यवाद ज्ञापन उक्त कार्यक्रम कि संयोजक एबं प्रथम उपसभापति दिपिका भुसालले गर्नु भएको थियो ।

कार्यक्रम समारोहमा जननेता स्व. बिपि कोइरालाको योगदान र जीवनी बारे चर्चागर्ने क्रममा बक्ताहरुले बिपी एसियाकै बहुआयामिक लोकतान्त्रिक नेता र प्रजातान्तिक धरोहर एबं नेपाली प्रजातन्त्रका जनक भएको बताउँदै बिपी कोइरालाको आदर्श, सिद्धान्त र उहाँले प्रतिपादन गर्नुभएको सिद्दान्तले मात्र नेपाललाई सम्वृद बनाउन सक्ने कुरा वक्ता वताउदै नेपालीहरुको मनमा बिपी महामानबका रुपमा स्थापित हुनुभएको बताइयो अन्तमा,कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमका सभापति डम्मर गुरुङले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

स्वदेश नेपालको सहयोगमा

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 ÷ nine =