२४ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै, महासंघ केन्द्रका अध्यक्ष जगत बहादुर बराम इजरायल आउने |

इजरायल बिसेष

तिनजुरे अनलाइन/ 

२४ औं विश्व आदिवासी जनजाति दिवस, इजरायलमा  भव्यताका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ इजरायल  र उक्त महासंघ अन्तरर्गतका ८  वटा राष्ट्रीय संघ संस्थाहरु मिलेर संयुक्तरूपमा २४ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो|

महासंघका अध्यक्ष नरेश कुमार नेवाले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी अगष्ट १७ तारिखमा ”पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिबासी जनजातिको अडान,पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान“ भन्ने मुल नाराको साथ इजरायलको लेबेन्डा ३२ तेलअबिबको तेश्रो तल्लामा   भव्य कार्यक्रम आयोजना हुने तिनजुरे अनलाइन लाइ जानकारी दिए ।

इजरायलमा सम्पन्न हुने उक्त कार्यक्रममा प्रमुख बक्ता नेपाल आदिवासि जनजाति महासंघ केन्द्रका अध्यक्ष  जगत बहादुर बराम नेपाल बाट आउनुहुने भएको छ साथै कार्यक्रममा विभिन्न जातजातिहरुको संयुक्त  भेषभुषा प्रदर्शन, आवद्ध रहेका ८  वटै संस्थाबाट जातीय पहिचान झल्किने विभिन्न प्रस्तुति दिनेछन् भने स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ |

आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्ने,प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालेको हो । प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।

 कार्यक्रम सफल बनाउन इजरायलमा स्थापित मिडिया कर्मी  ,बिभिन्न राजनैतिक ,धार्मिक ,साहित्यिक र सामाजिक संघ सस्थाका अध्यक्ष प्रतिनिधि  साथै इजरायलवासी दिदीबहिनीहरु ,दाजुभाइ हरु तथा सम्पूर्ण न्यायप्रेमी जनसमुदयहरुलाई सहभागिताको लागि आदिवासी जनजाति महासंघ इजरायलले   हार्दिक अपील एवं निमन्त्रणा समेत गरेको छ |

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× two = 8