राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा सिसेक्पा तङ्नाम  साङ्गितिक साझ भब्य रुपमा सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा
राष्ट्रिय चर्चित कलाकारहरुको साथमा
सिसेक्पा तङ्नाम  साङ्गितिक साझ भब्य रुपमा सम्पन्न भएको छ !

शुक्रवार साझ तेलअबिभ को याफो स्थित वाइजमान ६० को हलमा किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङबा बोखिम लिम्बुको सभापतित्व प्रथम उपाध्यक्ष राज लिम्बुको संयोजनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका नियोग उपप्रमुख अर्जुन घिमिरे रहेका थिए !                                                         बिशिस्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष नानी माया तामाङ बिशेष अतिथिमा Nrna इजरायलकी वरिष्ठ महिला उपाध्यक्ष सुमि थापा , त्यसैगरी अतिथमा नेफिन इजरायलका संरक्षक परिषद सदस्य इजरायलमा स्थापित सामाजिक,धार्मिक,सांस्कृतिक संघ संस्थाका समाजसेवी महानुभाव हरु,संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अतिथी संस्कारबाट सुरु हुदै उद्घाटन सभापति,प्रमुख अतिथी बिशिस्ट अतिथी बिशेष अतिथीहरुले रिबन काटेर सुरु गरेका थिए भने सिसेक्पा तङ्नाम बारे कियाचु इजरायलका प्रथम उपाध्यक्ष तथा कार्यक्रमका संयोजक राज लिम्बूले प्रष्ट पार्दै विशेष अतिथी सुमि थापा विशिस्ट अतिथी नानी माया तामाङ प्रमुख अतिती अर्जुन घिमिरे ले शुभकामना मन्तव्य राखेका थिए !

कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलका स्थानीय कलाकारहरु प्रयाग थिङ, स्वास्तिका श्रेष्ठ र प्रकाश श्रेष्ठको प्रस्तुति रहेको थियो |

त्यस्तै नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलको साथमा भब्य सांगीतिक प्रस्तुती ले मनोरञ्जन दिलाएका थिए !

कियाचु इजरायल द्वारा स्थापना गरिएको कियाचु इजरायल कल्याणकारी अक्षयकोष वृद्धिको लागी आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष नुमा बोखिमले सहयोग गर्ने सबै प्रती आभार व्यक्त गरेकी छन !                                                                       उक्त कोषबाट नेपालको प्रदेश नम्बर १
मा १२ जना गरिब, जेहेन्दार तथा अपांग बालबालिकाहरुले हरेक बर्ष छात्रवृत्ति पाइरहेको र र कोष वृद्धि भएसंगै क्रमशः एकल महिला दिदिबहिनीहरुलाई सिपमुलक तालिम दिएर आफैमा आत्मानिर्भर बनाउनु र बृद्वबृद्वाहरुलाई सहयोग गर्ने उदेश्यले आयोजना गरिएको थियो !

भाषा कला संस्कृतिको जगेर्ना गर्न प्रवाश
इजरायलमा इ स २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले नेपालमा भई परी आउने समस्यालाइ सहयोग गर्दै आएको छ !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × = 30