किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम( न्वांगी पुजा) मनाउने!

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङनाम अर्थात्( न्वांगी पुजा)  बिगतका बर्ष हरुमा झै   कार्यक्रम  गरि मनाउने भएको छ !

आउदो जनवरी १तारिख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  लेभेन्स्की ९९ , भवनको ८औं तलामा किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी पुजा)बिधिवत रुपमा मनाउने  सुचना मार्फत जानकारी गराएको छ !

महत्व :

विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा मा  नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ भने प्रवासमा भने कामको समय बिदा मिलाए मनाईने गरिन्छ ।

 प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।

केहि वर्षयता नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजुङ, पाँचथर, इलाम धनकुटा तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरीमा भव्यताका साथ मनाउने गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ इजरायद्वारा उक्त  कार्यक्रमको सुचना जस्ताको त्यस्तै .

सेवारो, नमस्कार केरेक ओ,

हार्दिक निमन्त्रणा

मिति  ०१/०१/२०२१ तारीख शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित  लेभेन्स्की ९९ , भवनको ८औं तलामा किरात याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी पुजा)बिधिवत रुपमा मनाउने र  अनौपचारिक रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको  हुँदा (COVID 19)को  प्रतिकुल वातावरणलाई मध्यनजर गर्दै आफुलाई समय अनुकुल उपस्तिथित हुन/गराउन सक्नुहुने  (याक्थुङ महानुभाव ज्युहरु आफ्नो मौलिक भेषभुषा/गरगहानामा) जो कोहि याक्थुङ तथा नेपाली तथा नेपालीभाषी दाजुभाइ दिदिबहिनी वा परम्परा  संस्कार र संस्कृतिलाई उच्च सम्मान गर्नुहुने सम्पुर्ण यहाहरुलाई यसै सुचनालाई अधार मानी उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गर्दछौँ |

नोट:- COVID 19 को प्रतिकुल प्रभावको कारण सम्पुर्णमा यो सुचना नै आधिकारिक सुचना, आधिकारिक निमन्त्रणा गरिएको जानकारी गर्दछौं,  कसैको आत्मा सम्मान प्रती असर परे क्षमा चाहन्छौ, किन कि कुनै पनि राजनीतिक, सामाजिक ,धार्मिक, संघ-संस्था,मिडिया,व्यक्ति बिशेषलाई आधिकारिक पत्र नलेखिएको जानकारी सहित पुन समय अनुकूल हुनु हुने सम्पुर्ण महानुभावहरुमा निमन्त्रणा गर्दछौं | साथै आफ्नो स्वास्थ्य  (COVID 19)को सुरक्षा आफै गर्नुहोला, covid-19 ले आइपर्न सक्ने समस्या प्रति आयोजक जिम्मेवारी हुनेछैन |बlनोगेन,

कि या चु इजरायल  परिवार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × = 21