जनजातिका संस्कृतिसँग जोडिएका सार्वजनिक विदा खारेजीको विरोध गर्दै,नेपाल आदीवासी जनजाती महासंघ ईजरायलद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इजरायल बिसेष

तिनजुरे अनलाइन|

जनजातिका संस्कृतिसँग जोडिएका सार्वजनिक विदा खारेजीको विरोध गर्दै ईजरायलमा रहेका नेपाली आदीवासी जनजातीहरुको संगठन नेपाल आदीवासी जनजाती महासंघ ईजरायलद्धारा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजदुतावास तेल अविव मार्फत ज्ञापनपत्र बुझाएका छन् ।


नेपाल आदीवासी जनजाती महासंघ ईजरायलका अध्यक्ष नरेशकुमार श्रेष्ठ र महासचिव समिर श्याह्बा ह्रोल्मो द्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल एक विविध जातिभाषा, संस्कृति र धर्मको रंगिन फुलवारी भएको भन्दै राज्यका सबै धर्म, सम्प्रदायलाई सरकारले समानव्यवहार गर्नुपर्नेमा विकास र समृद्धिको नाममा जनजातीका मौलिक चाडवाडमा दिदै आएको राष्ट्रिय विदालाई खारेज गरेकोमा आफुहरुलाई मर्माहत तुल्याएको जनाएको छ ।


विज्ञप्तीमा नेपालको संविधान २०७२ले बहु–जातिय बहु–भाषिक बहु– धार्मिक बहु–सांस्कृति विविधतालाई स्वीकारेको र संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राष्ट्र, समानुपातिक, समावेशी प्रतिनिधित्व जस्ता मुद्दालाई राजनितिक मुद्दाको संवैधानिक तवरले संस्थागत गरेको अवस्थामा यी कुराहरु हटाईनु राम्रो नभएको जानाएको छ । महासंघले विदाहरुलाई यथावत् राखेमा आन्दोलन गर्न बाध्यहुने चेतावनी समेत दिएका छन् |

हेर्नुहोस ज्ञापनपत्र


~बुद्ध संदेश बाट साभार

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty four − 77 =