जनसम्पर्क समिती इजरायलको परिचयात्मक , भेटघाट कार्यक्रम सम्पन्न |

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन/

जनसम्पर्क समिती इजरायलले गत  शुक्रबार तेलअभिब स्थित पार्क यारकोनमा परिचायात्मक , भेटघाट तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।

 गत जनवरीमा नेपाली जनसम्पर्क समिती इजरायलले दोश्रो अधिबेशन सम्पन्न गरिसके पछि इजरायलमा रहेको विभिन्न पेशामा आवद्ध राष्ट्रियता , समाजबाद र लोकतन्त्र प्रती आस्थावान रहि नेपाली काङ्ग्रेसलाई आफ्नो राजनीति दर्शन मान्नु हुने दाजुभाइ तथा दिदिबहिनीहरु बिच एक आपसमा भाइचाराको सम्बन्ध कायम रहोस भन्ने हेतुले परिचायात्मक , भेटघाट तथा रात्री भोज आयोजना गरेको हो । कार्यक्रमको संयोजक जनसम्पर्क समिती इजरायलकि प्रथम उपसभापति दिपिका भुषालले गर्नु भएको थियो | कार्यक्रममा स्वागत मन्तब्य  समितिकी दृतिय उप सभापति गौरी माया सुबेदीले राख्नु भएको थियो |साथै कार्यक्रममा स्वागत गितले उपस्थित सम्पुर्ण लाई स्वागत गरिएको थियो ।कार्यक्रमको सभापतित्व आसन ग्रहण समितिका अध्यक्ष खगेस्वर अधिकारी प्रमुख अतिथि जनसम्पर्क समिती इजरायलको निबर्तमान ( का वा )सभापति तथा बर्तमान प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ साथै लगायत रहनु भएको थियो |

सहमहामन्त्री माया खनाल संचालन गर्नु भएको उक्त कार्यक्रममा   बक्ताको रुपमा मन्तव्य प्रथम महामन्त्री शुभराज छत्कुली  , दृत्तिय महामन्त्री सुर्य बहादुर राना  प्रबक्ता रुकमाया खनाल  लगायतले  आफ्ना बिचार र धारण सहित आफ्ना भनाइ हरु राख्नु भएको थियो त्यस्तै प्रमुख सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथी डम्बर बहादुर गुरुङ , सल्लाहकारहरु  सुरेन्द्र प्रसाइ  भोजराज क्षेत्रीले मन्तव्य राख्नु भएको थियो ।

प्रबासी भुमिमा रहेर नेपाली काङ्ग्रेस प्रती आफ्नो आस्था र बिचार जगाउन नेपाली जनसम्पर्क समिति इजरायलले खेलेको उल्लेखनीय भुमिकाको कदर गर्दै उपस्थितहरुले  यो भन्दा पहिला खुलेर काङ्ग्रेस भन्दै बाहिर निस्किन नचाहेको अहिले जनसम्पर्क समितिले मध्यस्थता कर्ताको भुमिका निर्बाह गरिदिएकोमा नेपाली जनसम्पर्क समिती इजरायल परिवार प्रती कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै खालको कार्यक्रम आयोजना गरि काङ्ग्रेस जोड्दै भाइचाराको सम्बन्ध कायम राख्न पनि सुझाब दिनु भएको थियो ।

कार्यक्रमको समापन  समितिका सभापति खगेस्वर अधिकारीले आफ्नो मन्तव्य राख्दै उपस्थित सम्पूर्ण प्रति हार्दिक धन्यवाद प्रकट गर्दै  कार्यक्रम समापन  गर्नु भएको कुरा   जनसम्पर्क समिती इजरायलका  महामन्त्री  शुभराज छत्कुलीले तिनजुरे अनलाइन लाइ जानकारी दिनु भयो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety two − eighty nine =