अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको  अध्यक्षमा युनिका गुरुङ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ  वार्षिकोत्सव तथा साधारणसभा गत  जुन १७ तारिख इजरायलको तेलअभिबमा सम्पन्न  भएको छ !

इजरायलको बसपार्क मुनि रहेको  एभरेस्ट डीस्को हलमा  शुक्रबार   साझ ८ बजे देखी  सुरु भएको कार्यक्रमका सभापति संस्थाका निबर्तमान  अध्यक्ष अनिल सिंह राजपुत रहेका थिए !

त्यस्तै प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका तृतीय सचिव  प्रदिप सागर गिरि ,बिशेष अतिथि गैर आवासिय नेपाली राष्ट्रिय समन्य समिती ईजरायल ( nrna ncc) का प्रतिनिधि प्रथम उपाध्यक्ष  सुमी थापा  र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधि हरु त्यसैगरी इजरायलमा क्रियासिल सामाजिक,राजनीतिक,धार्मिक,साहित्यिक  साथै मिडिया कर्मी ज्युहरु र इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थिति  रहेको थियो !

कार्यक्रम का संयोजक  बरिष्ठ उपाध्यक्ष  राज लिम्बु थिए भने कार्यक्रम  संचालन सचीव स्वस्तिका श्रेष्ठले संचालन  गरेको कार्यक्रममा प्रमुख अतिथि विशेष  अतीथि लगायतले सुभकामना मन्तव्य राखेका थिए !त्यस्तै  निबर्तमान  अध्यक्ष  अनिल सिंह राजपुत, संरक्षक कादम्बारी दाना श्रेष्ठ  बरिस्ठ उपाध्यक्ष राज लिम्बु लगायतलाइ   मंचकै गौरब गरिमालाई शिखर सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो !                                                                                                    साथै कलाकार मंचका कलाकार हरु स्वस्तिका श्रेष्ठ स्वयम सुब्बा ,सावित्री सुनुवार,प्राग थींग, लाई  सम्मान गरिएको थियो!

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ  साधारणसभाका   निर्वाचन समिति तर्फ  संयोजक  कादम्बरी दाना श्रेष्ठ  निर्वाचन समिति सदस्य   अनील सिंह राजपुत, देव बास्कोटा लगायत  रहेका थिए !

अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी   युनिका गुरुङको  नेतृत्वमा नव-गठित १७ सदस्यीय  कार्य-समिति २०२२/२०२३ कार्यकालका लागी वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष  कुमार आङ्देम्बे ( अबि )उपाध्यक्ष  साबित्री राई,महासचिव  स्वास्तिका श्रेष्ठ,सचिव  स्वयम सुब्बा , कोषाध्यक्ष   कोपिला भट्टराई, सदस्य  प्रयाग थिङ, सदस्य   पुन्य प्रसाद संकर  सदस्य  श्री जानुका निरौला,
सदस्य  मालाती बाग्दास, सदस्य  प्रकाश श्रेष्ठ,
सदस्य  जिना सिंह,  सदस्य  समिर राई,सदस्य  ज्योति प्रधान सदस्य  रन्जन तिवारी छेत्री साथै
सदस्य  खुसि निकु चयन भएका हुन !

त्यस्तै संरक्षक,सल्लाहकार समितीमा  संरक्षक  कृष्ण रायमाझी संरक्षक  कादम्बरी दाना श्रेष्ठ , प्रमुख सल्लाहकार अनिल सिंह राजपुत,
सल्लाहकार  देब बास्कोटा  सल्लाहकार नेहा गुरुङ
सल्लाहकार  किशोर के चौहान रहेका छन !

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा “न मर्छ कला न मर्छन्  कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मुल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी इ. स. २०१२ मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =