किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न (भीडीयो सहित)

इजरायल बिसेष

तिनजुरे अनलाइन् /

किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा आयोजना गरिएको तेस्रो बलिहाँङ कप फुटवल प्रतियोगिताको पत्रकार सम्मेलन तेलअभिवको नयाँ बिल्डिंगको सातौ तालामा शनिवार दिउँसो सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा किराँत याक्थुङ चुम्लुङ इजरायलकि अध्यक्ष श्री गिता तुम्बाहाङफेले आफ्नो छोटो मन्तव्य राख्दै किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नो संस्कृति,परम्परा र रितिरिवाजलाइ , सम्बर्द्धन ,संरक्षण तथा पहिचान राख्न मात्र नभई समस्त इजरायलमा रहनुहुने खेल प्रेमी युवा हरुलाई एक जुट गराई एकापसमा सद्भाव , एकता र भाई भातृत्वको सम्बन्ध लाई अझै मजबुत बनाउने मुख्य उदेश्यले बिगत ३ साल देखि निरन्तर रुपमा बलिहाँङ कपको आयोजना गर्दै आएको बताउनु भयो ।

https://www.facebook.com/100002548413474/videos/1935877659840496/

एनआरएनएन एनसीसी इजरायलका अध्यक्ष छिरिंग शेर्पाले पत्रकार सम्मेलनमा मन्तब्य राख्दै एनसीसी इजरायलले आयोजना गर्दै गरेको तेस्रो बलिहांग कप २०१८ फुटवल प्रतियोगितामामा सहभागी जनाउने सम्पूर्ण टिममा खेलाडी मित्रहरुले नेपालि -नेपालि बिचको खेल सम्झी एकआपसमा कुनै रिस राग या झैँ झगडा नगरी नेपालीहरु बीच एकापसमा सद्भाव , एकता र भाई भातृत्वको सम्बन्ध लाई अझ मजबुत बनाउने हेतुले तेस्रो बलिहांग कप २०१८ प्रतियोगता हुन् लागेको बताउदै मैत्रीपूर्ण खेलमा हार जित एक टिमको अवश्य नै हुन्छ यो त् खेलको नियमनै हो तर आफ्नो टिम पराजित भयो भन्दैमा खेलाडी मित्रहरु आवेशमा नआइ भाइ बन्धु हाम्रै नेपालि -नेपालि दाजुभाई बिचको खेल प्रतियोगिता हो भन्ने बिषयलाइ मध्यनजर राख्दै एकदमै सहजता पूर्ण वातावरणका साथ् हर्ष र उत्साह,फुर्तिलोको रुपमा खेल मैदानमा उत्री आफु भित्र लुकेको प्रतिभा देखाउन अनुरोध गर्नुभएको थियो ।

शेर्पाले इजरायलको कामलाइ मध्यनजर राख्दै सम्पूर्ण खेलाडी साथिभाइ हरुले खेल खेल्दा आफ्नो ज्यानको पनि सुरक्षा गरि गेम खेल्न अनुरोध गर्दै एनआरएनएन एनसीसी इजरायलको दोश्रो दशैँ कप फुटवल प्रतियोगीतामा सम्सारा फुटवल क्लबका एक खेलाडीको खुट्टामा सामान्य चोट लाग्न पुगेको थियो ।

https://www.facebook.com/100002548413474/videos/1935822686512660/

तेस्रो बलिहाँङ कप प्रतियोगितामा सहभागी जनाउने टिम हरु यस प्रकार छन् –
कायपलट फुटवल क्लब ,
युनाइटेड फुटवल क्लब,
इस्ट स्पोर्टिन्ग फुटवल क्लब 
दार्जेलिंग युनाइटेड क्लब
एनआरएनए फुटवल क्लब र के.वाई.सी फुटवल क्लब गरि जम्मा ६ टिमहरु रहेका छन ।

 तेस्रो बलिहाँङ कप २०१८ मा खेलाइने फुटवल प्रतियोगिताका नियमहरु –

– खेल आयोजक टिम र खेलाडी मित्रहरुको अनुभव र थाहा भएका फिफाका नियम अनुसार खेलाइने छ ।
– खेलमा – ७ /७ जना खेलाडी हुनुपर्ने छ र टिममा प्रत्येक टिममा अतिरिक्त खेलाडी ४ जना हुनुपर्ने साथमा एक टिम म्यानेजर ,टिम कोच सहित १३ जना सदस्य सहितको टिम हुनुपर्ने छ ।
– प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण फुटवल क्लबले पत्रकार सम्मेलनको अवधिमै प्रवश शुल्क :बुझाउनु पर्ने छ ।
बलिहांग कप २०१८ मा प्रवेश शुल्क : १५ सय सेकेल रहेको छ भने प्रत्येक टिमले अतिरिक्त ५ सय सेकेल गरि जम्मा २ हजार सेकेल आयोजक टिमलाइ बुझाउनु पर्ने र्छ ।
 प्रतियोगितामा सामिल हुने प्रत्येक टिमका खेलाडी साथीहरुले अनिवार्य रुपमा आफ्नो क्लबको जर्सी ,जुता र प्याड हरु लगाउनु पर्ने छ ।
 फुटवल खेलको दौरान खेलाडीहरुले पहेंलो कार्ड पाएमा ५० सेकेल जरिवाना र रातो कार्ड पाएमा १०० सेकेल जरीवाना टिमले प्रवेश शुल्क बुझाउदा जामा गरेको अतिरिक्त ५ सय सेकेल बाट कटौती हुने र रातो या पहेंलो दुवै कार्ड नपाउने टिमले जम्मा गरेको अतिरिक्त ५ सय पुरस्कार बितरणको समयमा फिर्ता गरिने छ ।
 प्रत्येक खेल २५-२५ मिनेटको हुने छ भने १० मिनेटको एक्स्ट्रा समय रहेको छ खेलको निर्धारीत समय अवधिमा खेलको नतिजा नआएमा पेनाल्टी सुटआउट द्वारा नतिजा निकालिने छ ।
खेलको दौरान खेलाडी मित्रहरु बिच कुनै पनि बाद विवाद भएमा आयोजक टिम र रेफ्रीको नर्णय नै अन्तिम निर्णय हुने छ ।
 प्रतोगितामा टिम दर्ता गराई खेलमा उपस्थिति जनाउन नसकेमा प्रवेश शुल्क फिर्ता हुने छैन र बिपक्षि टिमलाइ आयोजकले बिजयी घोषणा गर्ने छ ।
 खेलको दौरान खेलाडी हरुलाई चोटपटक लागेमा स्वयं खेलाडीको क्लबनै जिम्वेवारी हुने छ ।
 प्रतियोगितामा सहभागिता जनाउने टिमले खेल हुने एक हप्ता अघि नै १३ सदस्यहरुको नामावली आयोजक सामु पेश गर्नु पर्ने छ ।

तेस्रो बलिहाँङ कप २०१८का पुरस्कारहरु –

प्रथम पुरस्कार – ५,८०० सेकेल नगद रासी ट्रफी ,प्रमाणपत्र र मेडल रहेका छन् ।
द्वितीय पुरस्कार – २,७०० नगद रासी,ट्रफी प्रमाणपत्र र मेडल रहेका छन् ।
फेयर फ्लेयरलाइ ट्रफी र प्रमाणपत्र रहेको छ ।
म्यान अफ द म्याच हुने खेलाडीलाई मेडल ट्रफी ,र प्रमाण पत्र रहेको छ ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई ,मेडल प्रमाणपत्र रहेको छ।
उत्कृष्ट डीफेंसरलाइ मेडल ट्रफी ,र प्रमाण पत्र रहेको छ ।
उत्कृस्ट गोलकिपरलाइ ट्रफी छ मेडल प्रमाणपत्र रहेको छ।
 खेल वेलसन् हस्पिटल नजिकैको मैदानमा खेलाईने छ

गोला प्रथा बाट प्रत्येक टिमका क्याप्टेन हरु द्वारा गोला थुताउदा प्रतियोगितामा सहभागी रहेका ६ फुटवल टिमको खेल्ने टाईसेट तालिका यस प्रकार छ: –

ए” पोलमा दार्जेलिंग फुटवल क्लब ,कायपलट फुटवल क्लब र एनआरएनए फुटवल क्लब बीच प्रथम खेल हुनेछ भने “बि ” पोलमा के.वाइ.सि फुटवल क्लब ,तार्गेट फुटवल क्लब, र इस्ट स्पोर्टटिंग फुटवल क्लब बिच खेल हुनेछ ।

बाइ पाउने टिमले “ए” पोल र “बि” पोल बाट बिजेता हुने टिमहरु संग सेमीफाइनल खेलमा एकआपसमा भिडने आयोजक टिमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।बाइपाउने टिममा एनआरएनए इजरायल रहेको छ ।

गत शनिवार १९ तारिख दिउँसो बलिहाँङ कप २०१८ को लागि भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउने ६ वाटा फुटवल क्लबका प्रतिनिधिहरुले आ-आफ्नो क्लबको तर्फबाट प्रवेश शु:ल्क आयोजक टिमलाई  बुझाएका थिए ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty two = 66