एनआरएनए इजरायलको छैठौ अधिबेशन तथा निर्वाचन हुने !

इजरायल बिसेष

गैर आवसिय नेपाली संघ – इजरायल NRNNCC को  अगस्ट ३१ तारिख  निर्वाचन हुने भएकाे छ । निर्वाचनकाे थप कार्यक्रममा अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म साधारण सदस्यता खुल्ला गर्ने  ,२४ अगस्ट शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी दर्ता,२५ अगस्ट आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म उम्मेद्वारी हकदावी वा उम्मेद्वारी फिर्ता,२५ अगस्ट आइतबार बेलुकी साझ ६ बजे अन्तिम उम्मेद्वारी नामावली प्रकाशन,र अगस्ट ३१ तारिख शनिबार मतदान कार्यक्रम रहेकाे छ । अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म साधारण सदस्यता  लिने ब्यक्तीले ६० सेकल बुझाएर सदस्यता लिन सकिने बताएकाे छ ।

NRNA NCC इजरायलको अत्यन्त जरुरी सूचना !

इजरायलमा रहनु भएका आदरणीय दाजुभाई तथा दिदी बहिनीहरुमा नमस्कार !
NRNA NCC इजरायलको छैठौ अधिबेशन तथा २०१९/२१ को कार्यकालका लागि नया कार्यसमिति चयन गर्न गैरहेको हुदा इजरायलबासि दाजुभाई तथा दिदीबहिनीहरुका लागि यो महत्वपूर्ण समाचार प्रकासित गरेका छौ |
छैठौ अधिबेशन तथा आगामी २०१९/२१ को कार्यकालका लागि साधारण सदस्यता खुल्ला गरिएको व्यहोरा अघिल्लो सुचना मार्फत नै जानाकारी गराइएको थियो | यसी गरी आगामी २०१९/२१ को कार्यकालको लागि कार्यतालिका यसप्रकार रहेको छ |
१. आगामी २०१९/२१ को कार्यकालका लागि निर्वाचन गराउनको लागि यहि अगस्ट ३१ तारिख शनिबारको दिन तोकिएको छ |
२. साधारण सदस्यता यहि अगस्ट २३ तारिख शुक्रबार १२ बजे सम्म खुल्ला गरिएको छ | त्यसपछि साधारण सदस्यता वितरण बन्द गरिनेछ |
३. विभिन्न पदका लागि इच्छुक हुनुहुने व्याक्त्तिहरुले उमेद्वारी दर्ता २४ अगस्ट शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म गराई सक्नुपर्ने छ | नोमिनेशन दर्ता गर्दा प्रस्तावक र समर्थक सहित निर्वाचन समितिले तोकेको रकम सहित तोकेको स्थानमा उपस्थित भै आफ्नो उमेद्वारी दर्ता गराउन सक्नुहुनेछ | (उमेद्वारी दर्ता रकम र स्थान निर्वाचन समितिको अर्को सुचनामा प्रकासित वा जानकारी गराइने छ )
४. उमेद्वारी हकदावी वा उमेद्वारी फिर्ता गर्ने समय २५ अगस्ट आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म |
५. अन्तिम उमेद्वारी नामावली प्रकाशन २५ अगस्ट आइतबार बेलुकी साझ ६ बजे |

खगेश्वर अधिकारी
(सचिव) निर्वाचन समिति
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल !
थप जानकारीको लागि :-
संयोजक श्री सुवास खरेल – ०५२८८८२७२४
सचिव ;-श्री खगेश्वर अधिकारी – ०५४२८५९४७६
सदस्य ;-श्री बीबी लामा तामांग – ०५८५५०२५३०
सदस्य ;-श्री सुन्दर नेपाल – ०५४५७०६८७३
सदस्य ;श्री सन्दिप भण्डारी – ०५४७९७०५४८

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty six − = forty nine