शेर्पा संघ इजरायलद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना

इजरायल बिसेष

तिनजुरे अनलाइन !

विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता भन्ने मुल नाराको साथ स्थापना भएको शेर्पा संघ इजरायलले ग्याल्पो ल्होसार मनाउने भएको छ !

आउदो फेव्रुवरी १४ तारीख़ आईतबार दिउसो २बजे बौद धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय  चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- २०७७ को अबसरमा अनलाइन एप्स जुम मार्फत शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको शेर्पा संघ इजरायलले सुचना मार्फत जानकारी दीएको छ !

हरेक बर्ष हल तथा पार्टी प्यालेसमा भब्य रुपमा मनाउदै आए पनि यो पटक covid 19को प्रभावको कारण अनलाइन देखी सम्पन्न गर्न लागीएको हो
उक्त कार्यक्रममा सामेल हुन ईजरायलमा स्थापित संघ संस्था नेपाली दाजुभाई तथा दिदिबहिनी पत्रकार लगायत सम्पुर्णलाई सहभागिताको लागी हार्दिक अनुरोध समेत गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× nine = eighty one