नेपाल आदिवासी जनजाती महासंघ इजरायलद्वारा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृति दिवश मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !  नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा “शहिदको बलिदान र राज्यको दायित्व ” विषयक प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवश कार्यक्रम २०७८ मनाईने भएको छ !

आउदो फेब्रुअरी १४ तारिख जुम अनलाइन भर्शन मार्फत इजरायलका लागि कार्यवाहक राजदुत अर्जुन  घिमिरेको प्रमुख आतिथ्यता  साथै  नेपाल आदिवासि जनजाति महासंघ केन्द्रको विशिस्ट अथितिको उपस्थितिमा नेपालबाट आमन्त्रीत विशेष वक्ताहरु लखन थापा स्‍मृति प्रतिष्ठानका सल्लाहकार  त्रिलोक सिंह थापा मगर  प्रतिष्ठान उपाध्यक्ष  उमेश राना मगर रहने
प्रथम सचिव  रेखा तमूस्योले जानकारी दीएकी छन !

इजरायलको समय दिउसो २:३० बजे देखी सुरु हुने कार्यक्रममा सम्पूर्ण नेपाली आमा बाबा, दाजुभाई, दिदिबहिनिहरुमा महासंघले सूचना जारी गर्दै  उपस्थितिका लागि बिनम्र अनुरोध सहित  निमन्त्रणा समेत गरेको छ !
ZOOM ID – 88627084775
PASS CODE – feb 14
प्रयोग गरि सहभागी हुन सकिने जानकारी गरिएको छ !

लखन थापा मगर नेपालका पहिलो शहीद हुन्। उनलाई सन् २०००/२/२३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो।राणा शासन विरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। नेपाल आदिवासी जनजाती महासंघ इजरायलले हरेक बर्ष  नेपालका पहिलो शहीद लखन थापा मगरको सम्झनामा स्मृती दिवस मनाउने गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty one = fifty six