चासोक तङ्नाममा इजरायल आएका रुकमानले जिते नेपालीको मन, ल्होसारमा भब्य प्रस्तुति दिदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन ,काठमाडौँ |

केही समयअघि किरात याक्थुङ चुम्लुङ इजरायलको निम्तोमा चासोक तङ्नाम सांगीतिक साँझमा सहभागी हुन इजरायल आइ पुगेका रुकमान लिम्बु  नेपाली दर्शक तथा श्रोताको मन जित्न सफल भएका कारण अझै केहि समय इजरायलमै रहने भएका छन्  ।

पछिल्लो समय गीत संगीतको छेत्रमा धेरै भन्दा धेरै कलाकारहरु आबद्ध  मध्ये एक चर्चित  गायक तथा मोडल रुकमान लिम्बू पनि हुन ताप्लेजुंगको मेरिन्देंन गाउपालिका १ मा जन्मीएका लिम्बु सानै उमेरबाट गीत संगीतलाइ माया गर्थे गुनगुनाउने गर्थे गीत संगीत बाटै अगाडी बढ्छु भन्ने सोच बनाएका रुकमानले २०६८ सालमा सन्धि नामक गीति एल्बम बजारमा ल्याएका थिए |

‘हाक्पारे पालम ख्याली’जस्ता ६० /७० वटा गीतमा आवाज दीइ सकेका उनले २०७३ सालमा संसोधन त्यस्तै पछिल्लो समयमा “तिमीलाई म के भनु”बोलको गीत सार्बजनिक गरेका थिए भने अन्यन्तै दर्शकले माया गर्नु भएको गीत तिमि पारि म वारि रहेको थियो अन्यन्तै मिलनसार मिजासिला स्वभावमा रुकमान इजरायलमा रहेका  नेपाली हरुको मनमा पहिलो पटक इजरायल आउदै बसीसकेका छन्  उनले आउदो  ४ जनवरीमा इजरायलमा रहेका नेपाली दर्शक तथा श्रोतामाझ फेरी पनि  तमु समाज इजरालको आयोजनामा हुन लागि रहेको  ल्होसार विशेष कार्यक्रममा आफ्नु भब्य प्रस्तुति दिने भएका छन् |

तिनजुरे  अनलाइन डट नेट संग  कुरा गर्दै उनले  भने, ‘यहाँ रहेका दर्शक तथा नेपालीहरुबाट एकदमै राम्रो रेस्पोन्स पाएको छु ।’ नेपाली गीतसंगीतमा लामो समयदेखि अहोरात्र संघर्ष र मिहिनेत गर्दै आएका रुकमान व्यवसायिक रुपमा पनि संगीतकर्मी हुन् । उनले रुबुशा क्रियशन नामक म्युजिक कम्पनी तथा यु–ट्युब च्यानलमार्फत नेपाली गीतसंगीतको प्रवद्र्धन तथा प्रचार गर्दै आएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = 3