इजरायलमा नया बर्ष सांगीतिक साँझ -२०७६ भब्य रुपमा मनाइदै,

इजरायल बिसेष

तेलअविव  एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोष इजरायलले नयाँ बर्ष विक्रम संम्बत २०७६ आउदो १२ अप्रिल २०१९ (शुक्रबार) साँझ तेलअविव स्थित वाईजमान ६० रहेको हलमा नयाँ बर्ष सांगीतिक साँझ -२०७६ भव्यताको साथ मनाउने भएको छ |

बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको आर्थिक अवस्थामा पनि सन्तुलन ल्याउन को निमित्त हामी जुटौं हाम्रै लागी भन्ने मुल उद्देश्य सहितकार्यक्रमको लागी नेपालबाट चर्चित गायिका प्रिती आले मगर र गायक कृष्ण काफ्ले आउनु हुने भएको छ | वहाँहरुको मनोरन्जनात्मक सांगीतिक प्रस्तुति संगै इजरायलमा रहनु हुने कलाकारहरुले पनि आ-आफ्नो सांगीतिक प्रस्तुति राख्ने भएका छन् |

इजरायलमा स्थापित बिभिन्न सामाजिक , धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २१ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनर हरुको सहकार्यमा कार्यक्रम भव्यताको साथ मनाउने आपतकालिन अक्षयकोष इजरायलले बताएको छ |कार्यक्रम प्रवेश शुल्क १२० सेकेल मात्रा रहेको छ | तेलअविव लेवेन्सकीपार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क बसको व्यवस्था रहेको छ |इजरायलबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा उपस्थिती भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 + = ninety