तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार २०७५ भव्यताका साथ सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन, काठमाडौँ /

तमु समाज इजरायलको आयोजनामा इजरायलमा तमू (फो) ल्होसार २०७५ भव्यताका साथ सम्पन्न भएकोछ |“शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने  भन्ने उदेश्यका साथ संस्कार ,संस्कृति,भेष भुषा  जगेर्ना गर्नको लागि स्थापित तमु समाजले  खारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा गत शुक्रबार भब्य गरि १२ औ बार्षिक उस्हब  कार्यक्रम सफल गरेको छ |

ओम बहादुर तमु र  हरिमाया तमुस्योले संचालन गर्नु भएको उक्त कार्यक्रम सभापति तमु समाज इजरायलकी अध्यक्ष  आसमाया तमुस्यो कार्यक्रमका संयोजक  खुशी क्ले तमुस्यो  त्यस्तै प्रमुख अतिथिमा नेपाली राजदुतबास इजरायलका  सहचारी श्री प्रदिप सागर गिरि रहनु भएको थियो  बिशेष अथिति नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ  बिशेष अतिथि एन. आर. एन. ए. एन. सी. सी. इजरायलकी कार्यबाहक अध्यक्ष श्री शान्ता आधिकारी ज्ञावाली  बिशेष अतिथि तमु  समाज इजरायलकी सस्थापक सदस्य, पूर्व बरिष्ठ सल्लाहकार, निवर्तमान नृत्य निर्देशक  कालिका गुरुङ  बिशेष अतिथिमा नेपाल बाट पाल्नु भएका चर्चित गायककार  रुकमान लिम्बु  अतिथि नेपाल आदिबासी जनजाती महासंघ इजरायलमा अधिकारिकरुपमा आबद्द जातीय संघ सस्थाका अध्यक्ष प्रतिनिधि  मिडिया कर्मी लगायतको बाक्लो उपस्थिती रहेको  थियो |

उक्त कार्यक्रमको उद्घाटन दीप प्रज्वलन कार्यक्रमका सभापति  आसमाया तमुस्यो , प्रमुख अतिथि  प्रदिप सागर गिरि , बिशेष अतिथि  नरेश कुमार श्रेष्ठ ,  शान्त आधिकारी ज्ञावाली  कालिका तमुस्योले गरेका थिए|

भइपरी आउने कठिन परिस्थितिमा एक अर्कामा आपसी सदभाब र सामाजिक सदभाब कायम राख्ने उदेश्यले २००६  सालमा स्थापित भएको   सस्था तमु समाज इजरायलले  १२ वर्षमा  प्रवेश गरेको खुशियालीमा वर्तमान अध्यक्ष साथै कार्यक्रमका  सभापति  आसमाया तमुस्यो , सस्थापक सदस्य तथा पूर्व बरिष्ठ सल्लाहकार  कालिका तमुस्यो , निबर्तमान अध्यक्ष डिक कुमार तमु ज्यु, बरिष्ठ सल्लाहकार डम्बर  तमु , सल्लाहकार निर्मला तमुस्यो , सल्लाहकार  कमल तमु  सल्लाहकार सानु तमुस्यो ले संयुक्त  रुपमा१२ औ बार्षिक उस्हबको केक काटेका थिए |

उक्त कार्यक्रममा तमु समाज इजरायलले स्वदेश तथा विदेशमा २००६  देखि २००१९  जनवरी ४ सम्ममा विभिन्न ठाउहरुमा गरेको आर्थिक सहयोग जम्मा ४०,१५,०३६ (चालिस लाख पन्द्र हजार छतीस) रुपया सहयोग फोटोको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो  !

तमु समाज इजरायलकी सह-सचिब  इन्द्रमाया तमुस्यो , तिर्तिया उपाध्यक्ष  खुशी क्ले तमुस्यो  सस्थापक सदस्य तथा पूर्व बरिष्ठ सल्लाहकार  कालिका तमुस्यो   बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघइजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ बिशेष अतिथि एन. आर. एन. ए. एन. सी. सी. इजरायलकी कार्यबाहक अध्यक्ष शान्ता आधिकारी ज्ञवाली  प्रमुख अतिथि नेपाल राजदुतबास इजरायल बाट पाल्नु भएका  प्रदिप सागर गिरि   लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो |

 इजरायलमा कार्यरत इजरयालाबसी नेपाली दाजु-भाई तथा दिदी बहिनिहरुको लागी आपतकालीन अक्षयकोष खडा गरेको एन आर. एन. ए. एन सी सी इजरायललाइ तमु समाज इजरायलको तर्फबाट अक्षयकोषमा ५०० सेकेल सहयोग प्रदान गरिएको थियो |

त्यस्तै केहि महिना अघि आफ्नु भाषालाइ सम्पूर्ण तमुहरुले सिक्नु पर्छ भन्ने धारणा सहित तमु भाषाको लिखित परिछ्या (exam) संचालन भएकोमा प्रथम ,दृतिय त तृतीय हुने  शान्ति गुरुङ (इटहरी सुनसरी ),दोश्रो  दुर्गा गुरुङ (सिन्धु पलान्चोक ) ,तेस्रोमा निर्मला गूरुङ्ग ,(संखुवासभा ) लाइ प्रमाण पत्रले सम्मान गरिएको थियो |

सभापति  आसमाया तमुस्योले  फो ल्होसारलाई पूर्णता दिदै शुभ-कामना तथा धन्यवादका दिदै उक्त कार्यक्रममा साथ दिनु हुने सम्पूर्ण नेपाली हरु प्रति धन्यवाद प्रकट गर्नु भएको थियो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty nine + = thirty eight