इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

इजरायलमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस सदा झैँ बिभिन्न कार्यक्रमका साथ मनाइने भएको छ आउदो मार्च ८ तारिक सत्य शाही सेन्टर इजरायल रहेको ठाउँ   हर्चियोंन  ३५ मा अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भयो |

उक्त कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल बाचन त्यस्तै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ  यश कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउनको लागि सम्पूर्ण इजरायलमा स्थापित  जातीय , राजनिति, सामाजिक, धार्मिक संघसस्थाहरू, लगायत इजरायलमा संचालित अनलाइन मीडियाकर्मी साथै   इजरायलमा कार्यरत  सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनीहरूलाई  उपस्थितिको लागि आयोजक संस्था अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलले अनुरोध समेत गरेको छ |उक्त कार्यक्रममै बिगत १२ बर्ष अघि स्थापना भएको   अन्तराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको १२ औँ बर्षको बार्षिक उस्हब को केक काटेर मनाउने कार्यक्रम समेत रहेको जानकारी आयोजक संस्थाले तिनजुरे अनलाइन लाइ जानकारी दीएको छ |

(नारि दिवश )

२९ फेब्रुअरि सन् १९०९ ताका जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केहि सामाजिक ,जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्त्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने ,सदियौ देखि नारी माथि सामाजको नाममा ,धर्मको नाममा ,जाति र बर्गको नामा हुदै आइरहेको बिभिन्न खाले अन्याय ,अत्याचार ,शोषण ,दमन ,हिंसा जस्ता लैगिक र अमानबीय ब्यबहारहरु प्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ति साहसिक महिलाहरुबाट । जसको फल स्वरुप लैगिक विभेद ,सामाजिक ,शैक्षिक ,राजनीतिक ,सांस्कृतिक ,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण ,दमन र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै ,अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए ति नारी अग्रजहरु । सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्त्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो |

यहि क्रमलाई निरन्तरता दिदै रशियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रका नारीहरुले सोहि दिन उक्त दिवसलाई मनाउन थाले महिला मुक्ति संघर्षको अभियानलाई अघाडी सारेर । सन् १९१७ ताका आइ पुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध ,शान्तिको निम्ति ,रोटीको निम्ति ,प्रेमको निम्ति ,महिलाहरुको मत अधिकारको निम्ति ,तथा सबै क्षेत्रमा पुरुष समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई झनै बुलान्दित पारेका थिय। जसको फल स्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए । यसरि नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरा पाई रह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर ,आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै आजको अवस्था सम्म आइ पुगेको हो।

 

 

 

  

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = ten