नेपाली नयाँ वर्ष २०७६ सांगीतिक धमाका इजरायलमा हुँदै,राष्ट्रिय कलाकारहरु इजरायल आउदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/इजरायल

नयाँ बर्ष २०७६ सालको पावन अबसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा नेपालीहरुको नयाँ वर्ष २०७६ सालको पवन अवसरमा “नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गर्न लागिरहेको छ ।

उक्त कार्यक्रमलाई भव्य र सब्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक राजेश पायल राई साथै कुशल थलंगको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै अन्तराष्ट्रिय कलाकार मंचका कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ साथै सोहि अवसरमा सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भाव कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट हार्दिक निमन्त्रणा गरिएको कुरा अध्यक्ष पेमा लामाले तिनजुरे अनलाइन डट नेट लाइ जानकारी दिनु भयो  ।

 त्यस्तै  नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम बाट आएको मुनाफा   ( Dr. Mahabir pun, national invention center ) मा सहयोग गर्ने उदेश्य रहेको जानकारी गराउदै आयोजक संस्थाले  इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरूमा, कार्यक्रममा उपस्थित भइ प्रत्यक्ष,अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनको लागि आयोजक सस्थाले हार्दिक अनुरोध समेत गरेको छ  I 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty six ÷ fourteen =