राष्ट्रिय कलाकार  सि डी बिजय अधिकारी  रचना रिमालको, साथमा इजरायलमा नयाँ बर्ष साङ्गितिक धमाका २०७९ हुने!

इजरायल बिसेष

तिनजुरे अनलाइन !

राष्ट्रिय कलाकार  सि डी बिजय अधिकारी  रचना रिमालको, साथमा इजरायलमा नयाँ बर्ष    साङ्गितिक  धमाका २०७९ हुने भएको छ !

एनआरएनए एनसिसी इजरायलको आयोजनामा आउदै गरेको नयाँ बर्ष २०७९ को विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  हाहगना  १३५ स्थित वेतवारवर हलमा “नयाँ बर्ष  साँगितिक धमाका २०७९ ” नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु सि डी बिजय अधिकारि  रचना रिमाल लोक गायक विष्णु खतिवडाअनि स्थानिय कलाकार हरुको साथमा  भब्य रुपमा मनाउन लागिएको हो !

इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुको लागि एनआरएनए एनसिसी इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत कोष वृद्धिको लागी आयोजना गरिएको उक्त कार्यक्रममा कोभिड १९ को विश्व महामारीको लामो समय पछी इजरायलमा  भब्य रुपमा नयाँ बर्षको सुभकामना आदानप्रदान सङै साङ्गितिक
धमाका  हुन लागेको एनआरएनए एनसिसी इजरायलका अध्यक्ष गणेश गिरिले तिनजुरे अनलाइनलाई बताएका छन !

आयोजकका अनुसार नयाँ बर्ष सांगितिक धमाका २०७९ विशेष गरी नेपाली नयाँ बर्ष १५ अप्रिलमा परे पनि यहुदीहरुको विशेष धार्मिक पर्व पेशाख पनि सोही दिन परेका कारण अधिकांश नेपाली तथा नेपालीभाषीहरुलाई असुविधा हुने भएकाले अघिल्लो साता ८ अप्रिल  शुक्रबार नै आयोजना गरिएको बताएका छन् ।

अप्रिल ८ तारिख साँझको ७ बजेदेखि कार्यक्रम शुरु गरिसक्ने  गरी तयारी थालिएकोले सम्पूर्ण नेपालीहरुमा समयमै उपस्थितिकोलागि अनुरोध गर्दै
कार्यक्रममा जानकोलागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको बताउनुहुदै कार्यक्रम संयोजक सुमी थापाले कार्यक्रम विशेष हुने भएकोले  समस्त मिडियाकर्मी तथा सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघ-संस्थाहरुको  साथ सहयोगको अपेक्षा समेत गरिएको बताएकी छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty six + = fifty seven