इजरायलका लागी नेपाली राजदुत डा. अन्जान शाक्यलाइ स्वागत, साथै अन्तरक्रिया कार्यक्रम हुँदै |

इजरायल बिसेष

इजरायल

इजरायलका लागी नव नियुक्त नेपाली राजदुत डा अन्जान शाक्यलाई  इजरायलमा  स्थापित बिभिन्न १४  संघसंस्था हरुले संयुक्त  रुपमा  स्वागत गर्ने भएका छन ।

तेल अभिव बसपार्क  स्थित  एभेरेस्ट डिस्को हलमा शुक्रबार मार्च १५ तारिक बेलुका ५ बजे बाट  हुने उक्त स्वागत कार्यक्रममा इजरायलमा रहेका नेपाली कामदारहरुको विभिन्न समस्याहरुको बारे समाधानको लागी नव नियुक्त इजरायलका लागि  नेपाली राजदुत डा अन्जान शाक्य संग  बृहत अन्तरक्रिया कार्यक्रम समेत  राखिएको  आयोजक संस्था मध्ये नेपाली संघिय समाज  (नेफेसो)  इजरायलका पूर्व अध्यक्ष सुन्दर तामाङ  योन्जनले तिनजुरे अनलाइन लाइ जानकारी दिनु भएको छ |

उक्त कार्यक्रमका लागि  आयोजक सँस्थाहरुमा प्रवासी नेपाली एकता मंच इजरायल , नेपाली संङघीय समाज इजरायल, नेपाल तामाङ घेदुङ इजरायल, नमस्ते नेपाल हातेमाले सामाजिक संस्था,इजरायल, सत्य साई सेन्टर इजरायल,नेवा: खल इजरायल, किरात राई यायोख्या नेपाल इजरायल, नेपाली नारी आबाज ईजरायल, बिश्व नेपालि साहित्य महासंघ इजरायल साखा, मातृभूमिका लागि पर्बत सेवा समाज ईजरायल, लुम्बिनी कपिलबस्तु अभियान इजरायल, हेल्पिंग हेन्ड्स सोसाइटी, इजरायल, हिन्दु जागरण इजरायल र किरात याक्थुङ चुम्लुङ ईजरायल लगायत रहेका छन् |

कार्यक्रमलाई भब्य तथा सफल रुपले सम्पन्न गराउन सहयोग गरी कार्यक्रममा उपस्थित भइदिनु हुनको लागी   इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरु पत्रकार बुद्दिजिबी हरुमा आयोजक संस्था हरुले  संयुक्त रुपमा हार्दिक अनुरोध समेत  गरेका  छन |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 − thirty six =