शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं (ग्याल्पो लोसार साँझ २०७५) सम्पन्न |

इजरायल बिसेष
तिनजुरे अनलाइन/

संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ  स्थापना भएको शेर्पा संघ इजरायलको आयोजनामा २१४६ औं ग्याल्पो लोसार गत शुक्रबार  इजरायलको  यादखरुचिम १५ मा  भव्यताका साथ सम्पन्न भएको छ |

कार्यक्रम को सभापति संघ का अध्यक्ष लाक्पा लामा शेर्पा , प्रमुख आथित्यमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ले गर्नु भएको थियो भने बिशेष अथितीमा गैर आवासीय राष्ट्रीय समन्वय परिषद इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवाली , शेर्पा संघ इजरायलका संस्थापक तथा नेफिन इजरायलका संस्थापक तेन्जीङ शेर्पा र धर्म गुरु थुप्तेन लामा रहेका थिए ।  कार्यक्रम सन्चालन शेर्पा संघ इजरायलकी  सचिव निमा शेर्पा लगायतले गरेका थिए |

 

 कार्यक्रमको सुरुवात मा धर्मगुरु थुप्तेन लामा बाट बौद्द धर्मावलम्बी अनुरुप पुजापाठ गरी उद्दघाटन भए लगत्तै सभापति , प्रमुख अथिती र बिशेष अथितीहरु द्वारा पानसमा बत्ति बाली कार्यक्रमले औपचारिकता पाएको थियो ।कार्यक्रममा नेफिन इजरायलका सदस्य संगठनका अध्यक्षहरु लगायत अन्य संघ संस्थाबाट पनि उपस्थिती रहेको थियो ।

 औपचारिक कार्यक्रमको सुरुवातमा शेर्पा भाषा कै स्वागत गीत र सेब्रु नृत्य सँगै कार्यक्रम संयोजक फुर्वा शेर्पाले उपस्थित सम्पुर्णमा स्वागत सहित धन्यबाद ब्यक्त गरेकी थिईन् । नेपाल बाट कलाकार केहि कठिनाइको कारण आउन नसकेता पनि स्थानीय कलाकारहरुको बेजोड़ प्रस्तुतीले कार्यक्रमलाई निक्कै नै रोमान्चित बनाएको थियो ।

 कार्यक्रममा बिशेष अथिती तेन्जीङ शेर्पा , शान्ता अधिकारी ज्ञवाली , प्रमुख अथिती नरेश कुमार श्रेष्ठले मन्तव्य दिएका थिए |

  त्यस्तै निवर्तमान कार्यसमिति र कलाकार हरुलाई प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो |

 कार्यक्रमको समापन सँगै सांस्कृतिक कार्यक्रम लाई निरन्तरता दिने क्रममा कार्यक्रमलाई अझ रोचक बनाउन आयोजकले लक्की ड्र पनि आयोजना गरेको थियो जसमा पहिलो पुरस्कार ३०० सेकेल बिजेता हुनु हुन्थ्यो पासाङ शेर्पा , दोस्रो पुरस्कार २०० सेकेल बिजेता हुनु हुन्थ्यो पेमाली शेर्पा र तेस्रो पुरस्कार १०० सेकेल बिजेता हुनु हुन्थ्यो पेम्साङमु शेर्पा । कार्यक्रमको अन्तमा डिजे बिपिन द्दारा उपस्थित सम्पुर्ण लाई झुमाएका थिए ।कार्यक्रमका  सभापति लाक्पा लामा द्दारा उपस्थित सम्पूर्ण संघ संस्थाका अध्यक्ष प्रतिनिधि,मीडियाकर्मी  लगायत सम्पूर्ण लाइ धन्यवाद दिदै उक्त कार्यक्रम समापन भएको  थियो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − = eighty nine