संघीय लिम्बुवान सामाजिक मञ्च इजरायल र नेसो इजरायलले चाडपर्व विशेष सुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन! जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र संघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चको प्रवास पार्टी संगठन संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले चाडपर्व विशेष भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ।

  1.  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फे प्रमुख आतिथि तथा जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा महिला इन्चार्ज दुर्गा सोव विशिष्ट अतिथिका रुपमा सहभागी हुने छन्।

नेपालीहरुको आउँदै गरेका महान राष्ट्रिय चाडपर्वहरु दशैँ, तिहार, मोहनी नखः, स्वन्ति नखः नेपाल संवत् ११४२ न्हुँ दँ, छठ, एलेदङ्बे ५०८१, बलिहाङ तङ्नाम, चासोक तङ्नाम, माघे संक्रान्ती, उधौली, उभौली /साकेला, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो ल्होसारको सम्मान गर्दै ‘सबै नेपालीको पहिचान,हाम्रो सम्मान’ भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको हो।

भर्चुअल कार्यक्रमको मुख्य उद्धेश्य आम नेपालीहरुको सांस्कृतिक, भाषिक, धार्मिक विविधतामा एकता, भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई कायम गरी सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने रहेको छ।

सो कार्यक्रम अक्टोबर ९ तारिख शनिबार इजरायली समय मध्याह्न १२ः१५ बजे र नेपाली समय दिउँसो २ः४५ शुरु हुनेछ। आयोजकले इजरायलस्थित राजनीतिक, सामाजिक, धार्मिक संघसंस्था र आदरणीय आम श्रमजीवी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुनका लागि आमन्त्रण गरेको नेपाली समाजका सचिव छत्र गोले तामाङ (शङ्खर)ले जानकारी दिएका छन्।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × one =