शेर्पा संघ इजरायलले नेपालबाट आमन्त्रित कलाकार लमु शेर्पाको साथमा ग्याल्पो लोसार सांस्कृतिक साँझ मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
शेर्पा संघ इजरायलद्वारा फेब्रुअरी २४ तारिखमा बौद्दधर्मावलम्वीहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो लोसार साँस्कृतीक साँझ २१५० गत साल झै भब्य रुपमा मनाउने भएको छ !

तेल अभिबको याद खरुचिम १५मा नेपालबाट आमन्त्रित कलाकार लमु शेर्पा को साथमा ग्याल्पो लोसार सांस्कृतिक साँझ तथा शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपमा मनाउन गईरहेको
आयोजक शेर्पा संघ इजरायलले जानकारी गराएको छ !

उक्त कार्यक्रममा सामुहिक नृत्य तथा एकल नृत्य , गायन गर्न चाहानु हुने महानुभावहरूले समयमै शेर्पा संघ इज़रायलको कुनै पनि प्रतिनिधि अथवा संघको फेसबुकमा म्यासेज गरि नाम टिपाउन जानकारी गराएको छ !

आयोजक संस्थाले सुचना मार्फत छ‌ु मो ह्ये लो अर्थात् खरायो बर्षको अबसरमा भब्य रुपमा सफल बनाउन इजरायलमा कृयाशील विभिन्न संघसँस्थाहरु , पत्रकार , समाजसेवी तथा सम्पुर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा उपस्थितीको लागी हार्दिक अनुरोध गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighty six ÷ = eighty six