किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न,अध्यक्षमा कुमार आङ्देम्बे अबि |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न,भएको छ भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको   किराँत याक्थुङ चुम्लुङ इजरायलको  छैटौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम तेलअबिबको एभरेष्ट डिस्को हलमा आज अप्रिल १३ तारिक शनिबार बिहान सम्पन्न भएको छ  |

उक्त कार्यक्रमम निवर्तमान अध्यक्ष श्री गिता तुम्बाहाङ्फेको सभापतित्व रहेको थियो भने  नेपालआदिबाशी महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए , नेपालबाट आमन्त्रित अथिति कलाकार गायक तथा मोडल श्री कुशल थलङ लिम्बुको बिशेष अथितित्व, विभिन्न संघ-संस्था संगठनका अध्यक्ष तथा प्रतिनिधिको अथितित्व, मीडियाकर्मी, लिम्बु तथा गैहलिम्बु  नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो |

बिदेशकाे ठाउँमा रहेर पनि  भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलाई सकेकाे आर्थिक , भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा आफ्नु  समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलाई सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले त्यश समय बाट नै आफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै आएकाे छ ।

नयाँ कार्यसमिति नामावली(२०१९/२०) अध्यक्ष : कुमार आङ्देम्बे अबि प्रथम उपाध्यक्ष : नुमा काङ्भा बखिम उपाध्यक्ष : जया कुमारी चेम्जोङ महासचिब : राज आङ्देम्बे लिम्बु सचिब : कन्चन काङ्भा बखिम कोषाध्यक्ष : खुमा लिम्बु सह- कोषाध्यक्ष : बसन वनेम सदस्य : संगिता आङ्थुपो सदस्य : सुदिप आङ्बुङ सदस्य : प्रताप मोरेसङ सदस्य : तुल्सा तुम्बाहाङ्फे सदस्य : सकुन इजम सदस्य : सन्जु केदेम वरिष्ठ सल्लाहकार : गिता तुम्बाहाङफे रहनु भएको छ |

कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमलाई प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, भौतिक, नैतिक तवरले साथ, सहयोग गर्नु हुने सम्पुर्ण चुम्लुङ  शुभचिन्तक , प्रमुख अथिति, बिशेष अथिति , विभिन्न संघ- संस्थाका अथितिहरु, मिडियाकर्मी  प्राबिधिक  र कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्पन्न गर्न आहोत्र खट्नु हुने संयोजक निवर्तमान प्रथम उपाध्यक्ष श्री जगत कन्दङ्वा , पुर्व अध्यक्ष  नयन इम्सोङ  लगायत ब्याबस्थपनमा खट्नु हुने कार्यसमिति पदाधिकार तथा सदस्य ज्युहरु साथै उपस्थित सम्पुर्णमा कियाचु इजरायल हार्दिक आभार व्यक्त गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = twenty