नयाँ वर्ष २०७६ सांगीतिक धमाका भब्य बनाउन गायकहरु राजेश पायल राई, कुशल थलङ, इजरायल आइपुगे | (भिडियो सहित )

इजरायल बिसेष देश विदेश

तिनजुरे अनलाइन/ नयाँ वर्ष २०७६ सांगीतिक धमाका भब्य सफल बनाउन गायक राजेश पायल राई, साथै कुशल थलंङ इजरायल आइपुगेका छन् |अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा आयोजित उक्त कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका बेलुका हागना ३५ बेतबारबर हल तेलअबिबमा आमन्त्रित कलाकार हरुले बेजोड प्रस्तुति दिने छन् |

साझ इजरायलको समय अनुसार ९:००  बजे कलाकार द्वय इजरायलको बेन्गुरीयन इयरपोर्ट  आइपुगेका हुन् कलाकारलाइ स्वागत गर्न अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका तर्फ बाट मन्चकी   अध्यक्ष पेमा लामा वरिष्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठ कोषाध्यक्ष नुतन भुसाल सल्लाहकार उर्मिला पाख्रिन किरात याक्थुङ चुम्लुङ इजरायलका  संस्थापक प्रताप मादेन इयरपोर्ट पुगी   स्वागत गर्नु भएको थियो |

ख्यातिप्राप्त गायक राजेश पायल राईको दर्शन नमस्ते ४ को गीत दर्शकले पहिलो पटक सुन्न पाउने छन्  साथै कुशल थलंङको बिभिन्न  मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै अन्तराष्ट्रिय कलाकार मंचका कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ साथै सोहि अवसरमा सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भाव कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट हार्दिक निमन्त्रणा समेत गरेको छ

त्यस्तै  नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम बाट आएको मुनाफा   ( Dr. Mahabir pun, national invention center ) मा सहयोग गर्ने उदेश्य रहेको जानकारी गराउदै आयोजक संस्थाले  इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरूमा, कार्यक्रममा उपस्थित भइ प्रत्यक्ष,अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनको लागि आयोजक सस्थाले हार्दिक अनुरोध समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ nine =