ह्योल्मो समाज इजरायलको आयोजनामा २५६३ औं बुद्ध जयन्ति मनाइने, साथै ह्योल्मो समाज इजरायलको बार्षिक उत्सव र साधारण सभा हुने

इजरायल बिसेष

तेलअविव – ह्योल्मो समाज इजरायलले संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने भएको छ |

समाजले २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा आउदो में १० तारिख २०१९ (शुक्रबार) साँझ बौद्ध महायान धार्मिक परम्परा अनुसार ‘लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’ ( क्यानडाबाट पाल्नु हुने ) को समुस्पतिथिमा मणि मोन्लम,छोगफुल,प्रवचन,मेडीटेशन सङै संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने भएको छ |

संस्थामा आबद्ध र इच्छुक ह्योल्मो दाजु भाइ तथा दिदीबहिनिहरुमा संस्थाको साधारण सभा अघि नयाँ सदस्यता लिनुपर्ने र पुरानो सदस्यता नविकरण गर्नुपर्ने अनिवार्य भएकोले वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रमको दिन भन्दा १ हप्ता अगाडी में को ३ तारिख शुक्रबार सम्ममा सदस्यता लिने ब्यबस्था खुल्ला रहने बताएको छ |

एतिहासिक १३ औं वार्षिकोत्सब तथा साधारण सभामा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नो ह्योल्मो संस्था प्रति उत्तरदायी बोध गराई आफु संग भएको क्षमता योग्यता र योगदानको आधारमा मर्यादित र निर्वाचन आचार संहिता संस्थाको बिधान अनुरुप कार्यकारिणी समितिको उचित पदको लागि उम्मेद्वारी दर्ता गराउन सकिने जानकारी दिएको छ |

इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई बुद्ध जयन्ति समारोह,वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भई आफ्नो धर्म संस्कृतिको आदर र जगेर्ण तथा पुनित कार्य र साधारण सभामा आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार द्वारा हार्दिक अनुरोध गरेको छ |

सदस्यता नविकरण साथै कार्यक्रमको बिस्तृत जानकारीको लागि सम्पर्क

Pemba Dolma Hyolmo 0506078618, बुझुङ लोप्साङ ङिमा ह्योल्मो 0559658365,

Mendo Hyolmo, Karsang Hyolmo, Sarkini Jyaba Hyolmo 0587916798,

Sonam Hyolmo 0559977286 , समिर लामा श्याङ्बा 0547202202, Pasang Nurbu Hyolmo, Lhakpa Dolma Hyolmo, Mani Lama, Hyolmo Evi

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × one =