अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा राष्ट्रिय आबिस्कार केन्द्रलाई ४ लाख ६४ हजार सहयोग हस्तान्तरण |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा राष्ट्रिय आबिस्कार केन्द्रलाई ४ लाख ६४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको छ उक्त सहयोग रकम  मेरो अन्लाइन TV का संचालक विस्व लिम्बुको हात बाट राष्ट्रिय आबिस्कार केन्द्रका संचालक  डा, महाबीर पुनलाइ हस्तान्तरण गरिएको हो  |

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” ले  डा, महाबीर पुन द्वारा संचालित राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोगार्थ राखेर गत अप्रिल १२ तारिक शुक्रबार  साँझ इजरायलको तेल अविव स्थित  हागाना १३५मा नेपालबाट आमन्त्रित गायक राजेश पायल राई  तथा मोडल कुशल थलङ लिम्बु लगायत अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाका कलाकार हरुको साथमा इजरायलमा कार्यरत नेपालीहरुको साथमा  नयाँ वर्ष २०७६ सांगीतिक धमाका भब्य रुपमा सम्पन्न भएको थियो |

जश मध्ये  कार्यक्रमको लागि ४०६ वटा टिकट प्रयोग (बिक्रि)   भएको थियो भने हरेक टिकटको १०० सेकेल राखीएको थियो  त्यस्तै सहयोग  ३,२००\ सेकेल प्राप्त भएको र जश मध्ये  २७,८१६/ सेकेल   खर्च साथै आपतकालिन अक्षकोष इजरायललाई १,०००/ सेकेल सहयोग गर्ने संस्थाको निर्णय भएको र   बाकी रहेको १४,९८४/सेकेल नेपाली ४ लाख ६४ हजार ८ सय रुपैया राष्ट्रिय आबिस्कार केन्द्र/ डा, महाबिर पुनलाइ हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा लामाले तिनजुरे अनलाइन डट नेटलाइ जानकारी दिनु भयो |

कार्यक्रममा सफल बनाउन  उपस्थित सम्पूर्ण संघ संस्था महानुभाव  उपस्थित नेपाली दाजु भाइ तथा दिदिबहिनि लगायत बिसेष आर्थिक तथा हरेक छेत्र बाट  सहयोगी मनहरु ॐ इन्डियन स्टोर बेनि नैडु, जिवन बुढाथोकी, मदन काङ्भा लिम्बु, शुसिला थापा मगर लगायत देशलाइ माया गर्ने राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोग गर्नु पर्दछ भनि  सहयोग गर्नु हुने सम्पूर्णप्रति  अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” ले हार्दिक आभार समेत ब्यक्त गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 − forty seven =