इजरायलबाट नेहा मन्जु  गुरुङ फाउण्डेसनको पहलमा   क्यान्सर पिडितलाई बयासी हजार आर्थिक सहयोग हस्तान्तरण !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

इजरायलबाट नेहा मन्जु  गुरुङ फाउण्डेसनको पहलमा   क्यान्सर पिडित लाई बयासी हजार) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ !                                                                   काठमाडौं निबासी क्यान्सर पीडित   सुजाता श्रेष्ठलाइ रु.८२,०००(बयासी हजार) आर्थिक सहयोग गरिएको छ। अमेरिका निवासी समाजसेवी तथा श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको पुर्ब अपाध्यक्ष सुर्य सिम्खडाले उक्त सहयोग रकम बिरामीलाई हस्तान्तरण गरेका थिए।

आर्थिक अबस्था अतिनै दयनिय भएर क्यान्सर रोग संग लडिरहेकी र उपचार गर्न कठिनाइ भोगीरहेकी सुजाता श्रेष्ठलाइ नेहा मंजु गुरुङ फाउण्डेसन तथा संस्थाकि अध्यक्ष नेहा मंजु गुरुङ साइरमको संयोजकत्वमा संकलित द्वारा रु.८२,०००(बयासी हजार) नगद रकम पिडितलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।

ईजरायलमा कार्यरत सहयोगि मनका धनी नेहा मंजु गुरुङ, ५०१ सेकेल, स्वस्थानी श्रेष्ठ, १०० सकेल, मंजु घिमिरे १०१ सकेल, तारा पोखरेल ५१ सेकेल, मुना बजगाई १०१ सकेल, दिपा लामा १०० सेकेल, फेभिज सेख ९० सेकेल, मनु श्रेष्ठ ५१ सेकेल, सुनिता श्रेष्ठ ५१ से सेकेल, लक्ष्मी बास्कोटा ५१ सेकेल, आशा लामा १०१ सेकेल, सुरेश क्षेत्रि १०१ सकेल, ईशा भण्डारी ५१ सेकेल, उर्मिला अधिकारि ५१ सेकेल, रुपा शाही १०१ सेकेल, सारधा रिजाल १०० सकेल, सुरभी चापागाईं १०० सेकेल, योजना कोइराला ५१ सेकेल र नेपाल बाट समाजसेवी प्रतिभा निरौला रु. १०,००० र सुर्य सिम्खडाद्वारा रु.५,००० गरि जम्मा बयासी हजार संकलन भइ हस्तान्तरण गरिएको फाउन्डेसनकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छिन !

बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व समेत हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत भर्खरै मात्र अर्का २ जना मृगौला पिडितलाइ नगद रु, ५०,००० र रु. ५५,००० सहयोग गरेकी थिइन् भने नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 ÷ eighty seven =