नमस्ते नेपाल हातेमालो समाजिक संस्था इजरायल शाखाद्वारा अंग्रेजी नया बर्ष २०२०मा सास्कृतिक कार्यक्रमको आयोजना ।

इजरायल बिसेष

इजरायल , /

मनोरंजन परोपकार र लगानीको क्षेत्र पहिचान ,,नमस्ते नेपाल हातेमालो सामाजिक सस्था को अभियान भन्ने मूल नाराका साथ स्थापना भइ   बिगत लामो समय बाट सामाजिक कार्य गर्दै अघि बढेको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था अन्तर्गत  ईजरायल शाखाको आयोजनामा इजरायलमा अंग्रेजी नया बर्ष २०२० को अबशर पारि   शुभकामना आदानप्रदान साथै  बृहत सास्कृतिक कार्यक्रम  आयोजना गर्ने भएकोछ !

 

कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारको उपस्थिती र स्थानीय कलाकार हरुको बेजोड प्रस्तुतिले कार्यक्रम लाई अझै रोचक बनाउने कुरा आयोजक संस्थाले जनाएको छ ।

बिबिध सास्कृतिक कार्यक्रमका साथ मनााईने उक्त सांगितिक साँझ लाई सफल तथा भब्य रुपमा सम्पन्न गर्न ईजरायलमा रहनु हुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनी , सामाजिक संघ सस्था, मिडियाक्रमी , बुद्धिजीवी सम्पुर्णमा सहयोगको लागि अनुरोध को साथै सम्पुर्णको गरिमामय उपस्थितिको लागि यसै समाचार मार्फत जानकारी गराईएको छ ।

साथै उक्त दिनमा कुनै पनि संघ संस्था तथा ब्यक्तीहरूले कुनै पनि कार्यक्रम नजुधाई दिनु हुन आयोजकले यसै समाचार द्वारा विनम्र अनुरोध गरेको छ । यसका साथै कार्यक्रममा उपस्थित हुने कलाकार को नाम, कार्यक्रम हुने स्थान र कार्यक्रम हुने समय आगामी दिनहरूमा जानकारी गराउने कुरा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय उपाध्यक्ष गणेश गिरि ले जानकारी दिनु भयो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =