राष्ट्रिय चर्चित कलाकारहरुको साथमा किरात याक्थुङ चुम्लुङ इजरायलले   सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

किरात याक्थुङ चुम्लुङ इजरायलले
राष्ट्रिय चर्चित कलाकारहरुको साथमा
सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने तयारी पुरा गरेको छ !

आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअविव हागाना १३५ को हलमा
नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलको साथमा भब्य सांगीतिक कार्यक्रम रहने किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङबा बोखिम लिम्बुले जानकारी दीएकी छन !

कियाचु इजरायल द्वारा स्थापना गरिएको कियाचु इजरायल कल्याणकारी अक्षयकोष वृद्धिको लागी आयोजना गरिएको उक्त कार्यक्रम सफल बनाउन
इजरायलमा स्थापित सामाजिक धार्मिक,संस्कृतिक, राजनीतिक संघ संस्था, समाजसेवी, बुद्धिजीवी मिडियाकर्मी, लगायत सम्पुर्णमा अनुरोध गरिएको छ !

उक्त कोषबाट नेपालको प्रदेश नम्बर १
मा १२ जना गरिब, जेहेन्दार तथा अपांग बालबालिकाहरुले हरेक बर्ष छात्रवृत्ति पाइरहेको र र कोष वृद्धि भएसंगै क्रमशः एकल महिला दिदिबहिनीहरुलाई सिपमुलक तालिम दिएर आफैमा आत्मानिर्भर बनाउनु र बृद्वबृद्वाहरुलाई सहयोग गर्ने उदेश्य रहेको पुर्ब अध्यक्ष कुमार आङदेम्बे अभि ले जानकारी दीएका छन !

भाषा कला संस्कृतिको जगेर्ना गर्न प्रवाश
इजरायलमा इ स २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले नेपालमा भई परी आउने समस्यालाइ सहयोग गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = 8