रासकोट अस्पताल सहयोगार्थ”तीज महोत्सव २०७६”लाइ सम्पन्न बनाउन कलाकारहरु इजरायल आईपुगे ,(भिडियो सहित)

इजरायल बिसेष

इजरायल,

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामारवि लामिछाने फाउन्डेसनद्वारा निर्माण भइरहेको रासकोट अस्पताल सहयोगार्थ “तीज महोत्सव २०७६”   कार्यक्रम, सफल बनाउन नेपालबाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगेका छन् !

अगष्ट ३० तारिक शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा सम्पन्न हुने बृहत तीज कार्यक्रमलाइ सफल बनाउन बिहिबार राति ९ बजे इजरायलको बेन्गुरियन एयरपोर्टमा राष्ट्रिय ५ चर्चित कलाकारहरु गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायल गायक प्रमोद खरेल,गायक  हिमाल सागर र गायक तथा संगीतकार चेतन सापकोटा गायिका टिका प्रसाई लाइ स्वागत गर्न कार्यक्रम  संयोजक गैर आबसिय नेपाली संघ इजरायलकि अध्यक्ष शान्ता ज्ञवाली, महासचिब तेन्जिंग शेर्पा, मुख्य आयोजक संस्था झापाली समाज इजरायलका अध्यक्ष सन्दीप भण्डारी ,महासचिब  खेमराज जमर कट्टेल, अन्तराष्ट्रिय झापाली समाज इजरायलका उपाध्यक्ष दिपक प्रसाद वली, झापाली समाज इजरायलका सल्लाहकार सुबाश खरेल, अन्तराष्ट्रिय कलाकार मंच इजरायलकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठ, हिन्दु जागरण इजरायल बाट सुमित्रा भण्डारी लगायत विभिन्न संघ संस्थाका व्यक्तित्वहरुले  बेन्गुरियन एयरपोर्टमा पुगेर कलाकारलाइ स्वागत गर्नु भएको थियो ।

इजरायलबाशी नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई भोलिको कार्यक्रममा भब्य बनाउन कलाकारहरुले सम्पूर्णमा  उपस्थितको लागि अनुरोध गरेका छन् भने शुक्रबार साझ तेलअबिभको लेबिनिन्की पार्क बाट कार्यक्रममा जानको लागि साझ ६: ३० बजे बस छुट्ने साथै  ७:३० बजे  बाट  १० बजे सम्म दर खाने कार्यक्रम साथै  औपचारिक कार्यक्रम  ९:०० बजे बाट सुरु हुने र अन्नौपचारिक कार्यक्रम: १०: ३० बाट सुरु हुने झापाली समाज इजरायलका महासचिब खेमराज जमरकट्टेलले जानकारी दिएका छन्  !

यस पटकको कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक बनाउन आयोजक हरदम लागी परेको र लाग्ने कुरा    जानकारी दिदै  भोलि पल्ट सनिबार कलाकार हरुको साथमा सिमित मात्रामा मृतसागर साथै कोटेल भ्रमण समेत आयोजना गरिएको  झापाली समाज इजरायलका अध्यक्ष सन्दीप भण्डारीले जानकारी दीएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty six ÷ twelve =