प्रथम शहिद क्याप्टेन  लखन थापा मगरको  स्मृती दिवसमा खुल्ला  कविता  प्रतीयोगिता ,प्रथम हुनेले “पचास हजार “नगद  पाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

इजरायल- नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस जुम भर्चुअल मार्फत फेब्रुअरि १४ तारिख मनाईने भएको छ !

विश्वभरिका साहित्य प्रेमी मनहरुको लुकेर बसेको साहित्य प्रतिभालाई उजागर गर्ने सुर्वण अवसरलाई सदुपयोग गर्नका निमित्त विश्वभरिका साहित्य प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ इजरायल परिवार हार्दिक आव्हान सहित अपिल गरेको छ !

“प्रथम शहिद”शिर्षकको कविता १५० शब्द सम्मको हुनु पर्ने र नेपाली साहित्य बिधा भित्र पर्ने कवितालाई छनोट गरिने अध्यक्ष नानीमाया योन्जन तामाङले जानकारी दीएकी छन !

कविता कविताको शिर्षकमा आधारित अप्रकाशित / अप्रसारित हुनु पर्ने साथै  उक्त कविता वाचन गरी भिडियो सहित देवनागरी लिपिमा लिखित पनि पठाउनु पर्ने बताईएको छ त्यस्तै कविता वाचन मात्र गरेको वा कविता लिखितमा मात्र आएको कविता मान्यनहुने  आयोजकद्वारा प्रकासित सूचनामा जानकारी गराईएको छ !

त्यस्तै कविता [email protected] वा  what appsमा प्रतियोगितामा भाग लिने इच्छुक महानुभावहरुले आ-आफ्नो कविता जनवरी १८ तारिख २०२३ बिहान ७ बजे देखि फ्रेब्रअरी ७ तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा पठाउनु पर्ने संयोजक डीक कुमार गुरुङले बताएका छन !

निर्णायक मण्डलले दिइएको नम्वरका आधारमा विजेता छनौट गरिने प्रतीयोगितामा सहभागी हुन  आफ्नो कविता संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्ने समेत नीयम रहेको छ !

पुरस्कार तर्फ प्रथम हुनेले नेपाली ( पचास हजार )नगद पुरस्कार र प्रमाण-पत्र ,द्धितीय हुनेले   (पच्चीस हजार )नगद पुरस्कार र प्रमाण-पत्र,तृतीय हुनेले  (पन्ध्र हजार ) नगद पुरस्कार र प्रमाण-पत्र ,चौथो हुनेले (पाँच हजार )साथै सान्त्वना पुरस्कार र प्रमाण-पत्र,पाँचौ हुनेले (पाँच हजार) सान्त्वना पुरस्कार र प्रमाण पत्रबाट सम्मान गरिने साथै  सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा-पत्रबाट सम्मान गरिने बताईएको छ !

बिजेता घोषणा प्रथम शहिद क्या. लखन थापा मगरको स्मृती दिवस कार्यक्रम २०२३ फेब्रअरी १४ तारीख मंगलबार घोषणा गरिने नेफिन इजरायलद्वारा  जारी सुचनामा बताइएको छ!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty five − = 29