इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक “आकांक्षा”बिमोचन सम्पन्न ।

इजरायल बिसेष

तीनजुरे अनलाइन /

इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”को  बिमोचन गत शुक्रबार एभरेस्ट क्लब तेलअबिभमा सम्पन्न भएको छ ।

इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहानको सभापतित्व तथा प्रमुख अथिति अनेसास इजरायल अध्यक्ष निशा अर्याल साथै बिशिष्ट अतिथि हरुमा एन आर एन ए  इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली  जनजाति महासंघ बाट शान्ती गुरूड् जन सम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, लगायत इजरायलमा स्थापित   संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु रहनु भएको थियो !

बैदेसिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली भाषी साहित्यिक मनहरु बाट संयुक्त रुपमा लिखित उक्त पुस्तक  नेपाली र गोर्खा भारतीय नागरिक हरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकासित भएको हो ।हामी जहाँ रहे पनि जहाँ गए पनि हाम्रो भाषा,साहित्य र संस्कृति हामीलाई सदैव प्यारो लाग्छ भन्ने अभिप्रायमा दार्जिलिङ्गको २०१७ को भाषिक आन्दोलनलाई केन्द्र गरेर तयार गरेको यस पुस्तकमा  राजनैतिक समालोचना, कथा, कविता अनि निबन्धहरु समावेश गरिएका छन् !नेपाली साहित्यकार स्वर्गीय   डा: इन्द्रबहादुर राई  प्रती समर्पित  छ ।

पुस्तक भित्र बिभिन्न  सर्जकका ३१ वटा साहित्यिक सिर्जना रहेका छन् भने पुस्तक ७१ पेजको रहेको छ।जशमा सम्पादक  पासड्ग थोक्ते शेर्पा, सह सम्पादक हरु बिध्या थापा मंगर , ग्रेसी राई ,शुसान्त राई दुड्गमाली, रहेका छन् ।

उक्त कार्यक्रममा सम्पादक  पासड्ग थोक्ते शेर्पा, सह सम्पादक हरु बिध्या थापा मंगर , ग्रेसी राई ,शुसान्त राई दुड्गमालीलाइ संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

 

त्यस्तै समाजसेवी तथा पत्रकार साथै भिडियोग्राफी अनिल सिंह राजपुतलाइ समाजसेवा एबम संचार छेत्रमा गरेको कार्यको कदर गर्दै सम्मान गरिएको थियो ।

उक्त बिमोचन कार्यक्रममा सफल बनाउन उपस्थित हुनु हुने इजरायलमा कार्यरत सम्पूर्ण  नेपाली भाषी दाजु भाइ तथा दिदि बहिनि हरुमा आयोजक संस्था इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोर चौहानले धन्यवाद दिदै समापन गर्नु भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = four