प्रदेश १ का प्रमुख झरनाहरू

समाचार

अमृत बास्तोला, तेह्रथुम । पहाडका कापबाट झरेका झरनाहरू प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्दछन् । धेरै झरनाहरु प्रवद्र्धन र पुर्वाधार विकास हुन नसकेर ओझेलमा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० को पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ का तीन झरनालाई प्रमुख गन्तव्यको सुचीमा राखेको छ ।

ताप्लेजुङको साँवा गाउँपालिकामा रहेको फुङफुङे झरना, धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना र ओखलढुंगाको लिखु गाउँपालिकामा पोकली झरना भ्रमण वर्षको सूचीमा परेका हुन् । १ नं. प्रदेशमा सना ठूला गरेर दर्जन बढी झरनाहरु रहेका छन् ।

यहाँका धेरै झरनाहरु सँग धार्मिक पक्षहरु पनि जोडिएका छन् । झरना सँगै धार्मिक, साँस्कृतिक, खेल, कृषि र पर्यटकीय स्थलहरुको प्रवद्र्धन र विकासमा टेवा पु¥याउने देखिन्छ । दक्षिण एसियाकै अग्लो मानिएको प्राकृतिक झरना ह्यात्रुङ झरना देखि कृत्रिम झरना यस प्रदेशमा छन् ।

गर्मीयाम सुरू भएपछि असोज महिना सम्म झरना सम्मको गन्तव्य बनाउनु उपयुुक्त हुन्छ । यो सिजनामा विशेषगरी झरनामा पानीको छाँगाले छनक देखाउने भएकोले रमाउनुको मज्जानै बेग्लै हुन्छ । प्रचण्ड गर्मीमा पहरामा ठोकिएको पानीको फोहोराबाट निस्किएको पातलो बादल, सप्तरङगी इन्ेणीको दृश्य र हरियाली प्राकृति वातावरणमा प्रफुल्ल हुनु लायक हुन्छ ।

यहाँका धेरै झरनाहरुमा पर्यटकलाई लक्षित गरी खान बस्नको लागि आसपासमा होटल र लज अथवा घरबास कार्यक्रम (होमस्टे) संचालनमा आउनु आवश्यक छ । यसले पर्यटन व्यवसायलाई सहयोग गरी आयआर्जनको स्रोत पनि बनाउन सकिन्छ ।
फुर्सद र विदाको समय सदुपयोग गर्न पूर्वि नेपाल प्रदेश नं. १ का झरना सहितको भ्रमण हितकारी हुन्छ ।

तर धेरै झरना सम्म सडक संजाल नजोडिएकाले पैदलयात्रा अलि सहासिक हुन्छ । केही झरना आसपासमा आवास र पुर्वाधार विकासको अभाव देखिन्छ । समूह बनाएर भ्रमणमा निस्किदा पैदलयात्रालाई अझ रमाइलो र अविस्मरणीय बनाउन सकिन्छ । अग्लो स्थानबाट झरेको झरनाको मनमोहक दृश्य मुख्य रमाइलो पक्ष हो ।
झरनाबाट झरेको पानीको संगीतमा बाह्यि धुने अझ कणप्रिय माहोल बन्छ । झरनामा डोरीमा झुण्डिएर खेलिने क्यानोनिङ, रोप कोर्स खेल्न, पिकनिकमा रमाउन र अन्य धेरै पर्यटकीय गतिविधि पनि जस्तो साहसिक पर्यटनका लागि पनि गर्न सकिन्छ ।

प्रदेश १ प्रमुख झरनाहरु
१) ह्यात्रुङ झरना
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना अहिले पर्यटकको गन्तव्यस्थल बनेको छ । । स्थानीय तथा बाह्य पर्यटकको गन्तव्य बनेको यो झरना एसियाकै अग्लो झरना पनि हो । तीन सय ६५ मिटर अग्लो यो झरना सम्म पुग्न फेदाप र आठराई गाउँपालिकाबाट कच्ची सडकको पहुँच पुगेको छ ।
तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. ४ र ५ को सिमानामा रहेको झरनामा वर्षातको समयमा पानीको मात्रा बढेपछि यसले पर्यटकलाई थप आकर्षण गर्छ । विशेषगरी फुर्सद र विदाको समय सदुपयोग गर्न स्थानीय तथा बाह्य पर्यटकको गन्तव्य झरना बन्दछ ।


प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पछि झरना वरिपरि पर्यटकीय पूर्वाधार लागि सिढी लगाउने, स्वच्छ खानेपानी, शौचालय निर्माण लगायतको काम भएको फेदाप गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङवाङले बताउनुभयो । पूर्वाधार विकास र निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु. ३० लाख रुपैया र गाउँपालिकाबाट रु. २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


फेदमा स्विमिङ पोखरी, पिकनिक र क्यानोनिङ लगायतका पूर्वाधारर निर्माण गर्ने स्थानीय सरकारको लक्ष्य छ । झरना पुग्न म्याङलुङ, आठराई मध्यपहाडी राजमार्गबाट आठ किलोमिटर र पाँचथरको फिदिम हुदै आठराई सक्रान्तिबजारदेखि जान सहज हुन्छ ।
२) फुङ्फुङे झरना
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङफुङे झरनामा रहेको छ । भ्रमण वर्ष २०२० को सूचिमा रहेको यो झरना करिब ३ सय मिटर अग्लोे छ । ठूलो छाँगो फुङफुङ गरेर झर्ने भएकाले यसलाई फुङफुङे झरना भनिएको हो । ढुंगाको कापबाट झरेको झरनाको मनमोहक दृश्यले जोकोहीलाई मोहित पार्दछ ।

झरनाको फेदमा फुङफुङदेवीको पूजाआजा गर्ने चलन छ । यसरी यो झरना प्राकृतिक रूपमा सुन्दर मात्र नभएर सांस्कृतिक दृष्टिले पनि महत्तवपूर्ण मानिन्छ । फुङफुङदेवीको रूपमा यिनलाई पनि पूजाआजा गरिने हुँदा यसको धार्मिक र सांस्कृतिक महत्तव बढेको हो ।

मिक्वाखोला गाउँपालिकाको साँवामा रहेको फुङफुङे बाह्रै मास बगिरहने कहिल्यै नसुक्ने झरना हो । मिक्वाखोला गाउँपालिकाको केन्द्रबाट एक घण्टाको पैदल दूरीमा रहेको यो झरना सम्म पुग्न मोटरबाटो छैन् । आगमी पुस महिनासम्ममा मोटरबाटोको ट्रयाक पुर्‍याउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष रामकुमार साँवाले बताउनुभयो ।


सदरमुकाम फुङलिङबाट गाउँपालिकाको केन्द्र सम्म कच्चि सडक भएकाले हिँउदयाममात्र यातायातका साधन चल्छन् । यो झरनामा फुङलिङबाट हान्ुङ्ग, खोक्लिङ्ग, लिवाङ् हुँदै जानु पर्दछ । सदरमुकामबाट एक दिनको पैदलयात्रामा झरनासम्म सहजै पुग्न सकिन्छ । पर्यटकीय विकासको प्रचुर सम्भावना देखिए पनि प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा सौन्दर्य कुनामै गुमनाम बन्न पुगेको छ ।

३) पोकली झरना
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० को सूचीमा पोकली झरनालाई राखेको छ । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रमुख गन्तव्यको रुपमा ओखलढुंगाको पोकली झरनालाई भ्रमण वर्षको सूचीमा मन्त्रालयले राखेको हो ।

लिखु गाउँपालिकाको वडा नं. ९ मा रहेको पर्यटकिय सम्भावना बोकेको झरनासम्म सडक सञ्जालसमेत जोडिएको छ । पोकली झरना एक सय ३० मिटर अग्लो छ । यो झरना सँग पनि धार्मिक पर्यटन जोडिएको छ । झरना नजिकै दूग्धेश्वर महादेव मन्दिर रहेको छ । झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका झरना सेवा समाजको स्थापना गरिएको छ ।


मन्दिरदेखि झरनासम्म पुग्ने सिँढी निर्माण, प्रतीक्षालय, भ्यु डेक, पिकनिक स्पोट, शौचालय, दूग्धेश्वर महादेव मन्दिर, बहुप्रतीक्षित पोकली खोलाबौद्धचुलीदेम्बा डाँडा हुँदै सोलुखुम्बुको पिकेसम्म पुग्ने सडक र पदमार्ग लगायतका संरचना निर्माणको काम हुने लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेलले बताउनुभयो । पूर्वाधार विकास र निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु. ५० लाख रुपैया र गाउँपालिकाबाट रु. १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सुनुवार तथा ब्राह्मण समुदायको बाहुल्यता रहेको पोकली झरना क्षेत्र बहुसांस्कृतिक एवं बहुधार्मिक पहिचानको सम्भाव्यता बोकेको क्षेत्रको रुपमा समेत चिनिँदै आएको छ । पहाडी क्षेत्रको उत्कृष्ट भूगोल भएको पोकली झरना क्षेत्रमा सहासिक खेल क्यानोनिङ’ को समेत सम्भावना बोकेको क्षेत्र हो । यसअघि, क्यानोनिङ’ खेलका लागि भूगोल अध्ययनसमेत भएको बताइएको छ ।

पर्यटक लोभ्याउने झरना भए पनि विकट पहाडी भूगोल भएकाले पोकली झरना हेर्न पर्यटक कम मात्रामा आउने गरेका छन् । यातायातको साधनबाट रामेछापको मान्थली हुदै सिरिसे बजारबाट ढाँडेदेखि पोकली झरनासम्म पुग्न सहज हुन्छ ।

४) नमस्ते झरना, धनकुटा
मुख्य पर्यटकिय गन्तव्य बनेको नमस्ते झरना धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको छ । कोशी राजमार्ग अन्र्तगत धरानधनकुटा सडकखण्ड नजिकै रहेको यो झरना प्रदेश १ को सबैभन्दा व्यस्त पर्यटकीय गन्तव्य हो ।

पर्यटन प्रवद्र्धन र विकासका लागि भ्रमण वर्षको प्रमुख गन्तव्यको रुपमा नेपाल सरकारले यो झरनालाई गन्तव्यको सूचीमा राखेको छ । पुर्वाधार विकास र प्रचार प्रसारलाई तिव्रतादिईए सँगै पर्यटक बढेकाहुन् । ८० मिटर अग्लो झरनामा गर्मी छल्न र क्यानोनिङ गर्नेहरू प्रशस्त आउँछ् ।


धनकुटा जिल्लाको पर्यटकिय स्थल भेडेटार बजारबाट आठ किलोमिटर र कोशि राजमार्ग अन्र्तरगतको सिम्सुवागोलाई बाट दुई किलोमिटरको दुरीमा सम्सुवाखोलामा रहेको नमस्ते भरनामा विहार र पश्चिम बंगालका बासिन्दा पनि आउने गर्छन् ।

झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । झरनासम्म जाने बाटो फराकिलो छ । झरना नजिकै कपडा फेर्नका लागि चेञ्जिङ रुम’ निर्माण गरिएको छ । झरना अवलोकनका लागि पुल, बाटो, सौचालय, रेलिङ्ग, गेट लगायतका पुर्बाधार निर्माण गरिएको छ ।

५) घोर्ले झरना
संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ मा घोर्ले झरना रहेको छ । पर्यटकिय सम्भावना बोकेको झरनासम्म सडक सञ्जालसमेत जोडिएको छ । १ सय ९१ मिटर अग्लो रहेको यो झरना तीन तहमा बगेको छ । सबैभन्दा माथिको छाँगो ९ नौ मिटरको छ । दोस्रो छाँगो ६५ र अन्तिम तह एक सय १७ मिटर अग्लो रहेको छ । चैनपुरबाह्रबिसे सडक खण्ड अन्तर्गत जौंबारीबाट १० किलोमिटर उत्तरपूर्वमा पर्ने झरना आकर्षक देखिन्छ ।


धार्मिक आस्था जोडिएको यो झरनाको शिरमा पञ्चकन्नया देवी र नजिकै नागेश्वर महादेव गुफा रहेको स्थानीयहरु बताउँछन् । किम्बदन्ती अनुसार झरनामा नागेश्वर महादेव स्नान गरी गुफामा बास बसेकाले यस क्षेत्रलाई धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ । झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका घोर्ले झरना पर्यटन विकास केन् स्थापना गरिएको छ ।

जिल्ला तथा नगरपालिकाको पर्यटकिय सम्भावना बोकेको झरना भएपनि प्रचार अभावमा पर्यटकहरु आउन र झरनाको अवलोकन गर्न सकेका छैनन् । तर कच्ची सडकका कारण हिउँदका महिनामा मात्र यातायातका साधन आवतजावत गर्ने गरेको छ । आकर्षक देखिने यो झरना प्रचारप्रसार नहुँदा गुम्नाम बन्दै गएको छ ।

६) टोड्के झरना
इलामको सन्दकपुर गाउँपालिकामा टोड्के झर्ना रहेको छ । इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा अवस्थित यो झरनाको पर्यटकीय गन्तव्यको सम्भावना भएपनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा ओझेलमा परेका छ । समुद्री सतहबाट १६ सय मिटर अग्लो स्थानको यो झरना पुग्न इलाम सदरमुकामबाट २५ किमि सडक पार गर्नुपर्छ ।


समु सतहबाट १६ सय मिटरको उचाईमा अवस्थित ८५ मिटर अग्लो यो झरनामा क्यानोनिङ र अन्य झरना केन्ति पूर्वाधारहरू निर्माण भए धेरै पर्यटक तान्न सकिने सम्भावना छ ।  तराई हुदै आउने पर्यटकहरुलाई विर्तामोड, कन्याम, फिकलबाट ईलामबजार हुर्दै यो झरना सम्म पुग्न सजिलो हुन्छ ।

७) महभीर झरना
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ मा रहेको महभीर झरना आकर्षक छ । सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) को काखमा यो झारना रहेको छ । एक सय मिटर अग्लो झरनामा सहासिक क्यानोनिङ खेलको लागि सफल परिक्षण भएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ुवराज राईले बताउँनुभयो । यहाँको सुन्दरतालाई झल्काउनले झरना गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको छ ।


झरना झर्ने भीरको आसपासमा भीरमौरी र त्यसको मह पनि काढ्न पाइने भएकै कारण झरनाको नाम महभीर’ रहेको स्थानीयको भनाइ छ । गाउँपालिकाको केन् अन्नपूर्णदेखि करिब तीन किलोमिटरको दूरीमा यो झरना रहेको छ । पर्यटकीय गन्तव्यका लागी पर्याप्त पूर्वाधार विकास र प्रचारप्रसार गर्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।

खोटाङ र भोजपुरको सीमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको गाउँपालिकाले जनाएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गतको पुष्पलाल मार्ग नजिक यो झरना रहेको छ । झरनाले पर्यटन प्रवद्र्धनको धेरै सम्भावना बोकेको छ ।

८) धिप्लुङ झरना
खोटाङमा एक सय ७६ मिटर अग्लो धिप्लुङ झरना रहेको छ । पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको धिप्लुङ झरनाको दृश्यले जोकोहीको मन लोभ्याउँछ । दिप्रङ चुइचुम्मा गाउँपालिका६ छितापोखरीमा रहेको झरनामा बाह्रै महीना एकनासले पानी झर्छ । सडक संजालले जोडिएको यो झरनामा तीन तह रहेको छ ।


स्थानीय सरकार बनेपछि झरनाको प्रवझरनाको प्रवद्र्धनका पुर्वाधार विकासको काम समेत भएको दिप्रङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राईले बताउनुभयो । झरना सहित यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सुरु भएपछि पर्यटकहरुको आकर्षण बढेको छ । झरनामा फलामे रेलिङसहितको पदमार्ग निर्माण भएको छ ।

यस क्षेत्रमा लालीगुराँस, चिमाल, चाँप, सुनाखरी लगायतका फूल फुलेर ढकमक्क र सुगन्धित हुने धिप्लुङ झरनामा वनभोज जानेको घुइँचो लाग्छ । झरना पुग्न यातायातको प्रयोग गरेर सदरमुकाम दिक्तेलबाट दिक्तेलपञ्चमी, भोजपुरको पाँचधारे र गाईघाटबाट फोक्सिङटार हुँदै पञ्चमी हुदै पुग्न सकिन्छ । दिक्तेलबाट चार घण्टा पैदलयात्रा झरना पुगिन्छ ।

९) पानावा झरना
पाँचथरको फालेलुङ गाउँपालिका३ मेमेङमा पानावा झरना रहेको छ । ९० मिटर अग्लो झरनाको शिरमा गुप्तेश्वर, किरातेश्वर, र शिवालय मन्दिर छ । प्राकृतिक सुन्दरतासंगै धार्मिक र ऐतिहासिक रुपले समेत महत्वपूर्ण मानिने यो झरनाको पर्याप्त प्रसारप्रसार, प्रवद्र्धन र पूर्वाधार विकासका लागि रु. १० लाख रुपैयाँ बजेट विनियोजन भएको फालेलुङ गाउँपालिकाका अध्यक्ष सन्चकुमार केरुङले बताउनुभयो ।


सदरमुकाम फिदिमबाट मेची राजमार्ग हुँदै पाँचथरको जोरपोखरीदेखि एकतिनतर्फ जाने कच्चि बाटो भएर करीब पाँच घण्टाको यात्रापछि पानावा झरना पुग्न सकिन्छ । झरनाको पानी बाह्रैमास सङ्लो र स्वच्छ बग्ने भएकोले यहाँ पुगेर स्नान गरे पापबाट छुट्कारा पाइने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् ।

झरना आसपासमा गुप्तेश्वर किरातेश्वर मन्दिरसंगै पस्तके लुङ, डमरु ढुङ्गा, काली ओढार, छातेढुङ्गा जस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरु रहेकोले यो स्थललाई जिल्लाको धार्मिक गन्तब्यस्थलको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।

१०) मौवायाकेक झरना ।

प्रदेश १ मा भएका प्राकृतिक झरनाहरुको भिडमा मयायक कृतिम झरना रहेको छ । तेह्रथुमको आठराई गाउँपालिका वडा नं. २, खाम्लालुङमा करिब दुई सय ५० मिटर अग्लो मौवायाकेक झरना निर्माण गरिएको छ । यो झरना आठराई गाउँपालिका२ का वडा अध्यक्ष दीलकुमार पाहिमले आफुले पाएको सेवा सुबिधाबाट गतवर्ष कृतिम झरना बनाउनु भएको छ ।

नेपालमा कमैमात्र कृतिम झरनाहरु रहेका छन् । यो झरना नेपालकै सबै भन्दा अग्लो र पहिलो कृतिम झरना हुनसक्ने स्थानीहरु बताउँछन् । मौवायाकेक भीरबाट नजिकै रहेको साफेवा खोलाको पानी प्रयोग गरेर झरना बनाइएकाले यसको नाम मौवायाकेक झरना रहेको हो । लिम्बु भाषामा नामकरण भएको मौवायाकेकके अर्थ मौरी बस्ने भिर हुन्छ ।

झरना निर्माण भएपछि खाम्लालुङमा सामुदायीक होमस्टे पनि संचालनमा आएको छ । खाम्लालुङमा रहेका चमेरे गुफा, झाक्री पहरा, फाक्सालुङ, प्याकलुङ, महादेबिथान, जुरेदेबी, लिही ढुंगा लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न झरना बनाइएको वडा अध्यक्ष पाहिमले बताउनु भयो ।

झरना सम्म यातायातको साधन प्रयोग गरी पुग्न सकिन्छ । आठराई संक्रान्तिबजारबाट ७ किलोमिटरको दुरीमा यो झरना रहेको छ । खाम्लालुङको हाङपाङबाझोगरा सडक खण्डले छोएको यो झरना म्याङलुङबाट ५२ किलोमिटर र पाँचथरको फिदिमबाट ४३ किलोमिटरको दूरीमा रहेको छ ।वेव तस्बिर

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ twenty nine = 32