नेपाली राजदूतावास इजरायलको आयोजना तथा इजरायलमा बस्दै आएका नेपालीको सहकार्यमा २५६७औं बुद्धजयन्ती मनाइँदै!

समाचार

तेल अविब।

नेपाली राजदूतावास, इजरायलको आयोजना तथा ईजरायलमा बस्दै आइरहेको नेपालीहरुको सहकार्यमा
आउदो ५ मे २०२३, शुक्रवार साँझ ६ बजे राजदूत निवास (HaMeginim-38, Herzliya Pituach) मा २५६७औं बुद्धजयन्ती वि.सं.२०८० (२०२३)भब्य रुपमा मनाउन लागिएको दूतावासद्वारा जारी सुचना मा जानकारी गराइएको छ ।

उक्त कार्यमा सहभागी हुनका लागी तेल अभिबको लेबेन्की फुटसल मैदान ( Levinsky Sports Ground अगाडि Indian Shop छेउ) अघि देखी साझ ५ बजे बसको ब्यबस्था समेत रहेको बताईएको छ !

उक्त कार्यक्रममा उपस्थितिका लागि ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी लगायत ईजरायलवासी सबैलाई नेपाली राजदूतावासले आफ्नो सामाजिक संजालमा प्रेस नोटमार्फत अनुरोध गरिएको छ ।

यस्तो छ प्रेस नोट–

हार्दिक निमन्त्रणा:

ईजरायलवासी नेपालीहरुसँगको सहकार्यमा नेपाली राजदूतावास, तेल अविवद्वारा यही ५ मे २०२३, शुक्रवार साँझ ६ बजे राजदूत निवास (HaMeginim-38, Herzliya Pituach) मा मनाउन लागिएको २५६७औं बुद्धजयन्ती कार्यक्रममा उपस्थितिका लागि ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी लगायत ईजरायलवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई पुन: हार्दिक आमन्त्रण गर्दछौं।

पुनश्च : तेल अविवबाट कार्यक्रमस्थल – हर्जिलियाका लागि सॅाझ ठीक ५ बजे बस छुट्नेछ।

बस छुट्ने स्थान : Levinsky Sports Ground अगाडि Indian Shop छेउ
सम्पर्क : श्री गणेश गिरी (फोन नं : 0५४६५५४५४५)

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty six − forty eight =