कमल र इन्द्र बने विजेता !

देश विदेश

तिनजुरे अनलाइन /                                         

सेप्टेम्बर १८,युएई-
नेपालको विस्वासिलो र एक नम्बर रेमिट्यान्स कम्पनीको युएई शाखाले आयोजना गरेको खुल्ला भिडियाे प्रतियोगितामा झापाका कमल तामाङ र सर्लाहीका इन्द्र सेन्चुरी क्रमशः प्रथम र द्वितीय भएका छन् ।
“देखाऔं प्रतिभा खुलेर ,जितौं पुरस्कार आइ एम ई सँग मिलेर” भन्ने मुल नाराका साथमा गत अगस्ट १५ देखि सेप्टेम्बर र १५ सम्म आयोजित प्रतियोगितामा दर्शकहरुको भ्युज, लाइक, कमेन्ट र सेयरको आधारमा कमलले प्रथम पुरस्कार स्वरूप ६ सय दिराम अर्थात नेपाली रुपैयाँ १८ हजार ५ सय पाएका छन् भने दोस्रो हुने इन्द्र परियारले ४ सय दिराम अर्थात १२ हजार ५ सय रुपैयाँ पाउन सफल भएका छन् ।

प्रतियोगितामा युएईका सातै इमिरेटसबाट प्राप्त सयौ भिडियो मध्य २७ भिडियोलाई छनोट गरी प्रतियोगितामा समाबेस गराइएको थियो । प्रतियोगीहरुले सो प्रतियोगितमा आइएमईको सेवासुबिधा, जानकारी, आइएमई सम्बन्धी आफ्नो अनुभव तथा आइएमईलाई विसयबस्तु बनाएर गीत, मुक्तक, गजल, कविता, अभिनय सृजना , रचना तथा टिक टक भिडियोहरु प्रतियोगितामा सहभागी जनाएका थिए ।प्रतियोगितामा बढी भन्दा बढी हेरिएको तथा रुचाइएको अधार मानी २ बिजेता घोसणा गरिएको आइएमईका युएई अधिकृत ईस्वर अधिकारीले जानकारी दिएका छन् ।
युएईका अधिक नेपालीहरुको रेमिट्यान्स सहयोगी आइएमई कोरोनाको कहरमा पनि सिर्जनात्मक कामका कारण युएईको नेपाली समुदायमा लोकप्रिय रहेको अल अन्सारी एक्सचेञ्जमा कार्यरत अडिटर खगेन्द्र कटवालले प्रतिक्रिया दिएका छन् । आइएमई भरपर्दो, विस्वासिलो तथा छिटो छरितो रहेको यसका उपभोक्ता डिजी शर्माले बताएका छन् । युएईका धेरै नेपालीहरुको रोजाईको पैसा पठाउने माध्यम आइएमई रहेको र देशका ससाना गाउँसम्म आफ्नो नेटवर्क भएका कारण आफू कार्यरत एक्सचेञ्जबाट अधिक नेपालीले आइएमई नै गर्ने गरेको अनुभव अल अहालिया एक्सचेञ्ज युएईका नेपाल कोरिडाेर म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् । उनले यो रचनात्मक प्रतियोगिताले आइएमईप्रतिको विस्वास र माया झल्किएको बताए ।
आइएमईले आफ्नो मोबाइल एप्स मार्फत विदेसबाट रेमिट गरेको रकम घरघर सम्म पुराउन र धरमै बसी पैसा प्राप्त गर्न आइएमई मोबाईल वालेट खाता डाउन्लोड गरी गर्न सकिने आइएमईका युएई प्रमुख उत्तम बस्नेतले बताएका छन् । आफ्नो मोबाइलबाट नेपालको विजुलीको बिल तिर्न सकिने, रकम आदानप्रदान गर्न सकिने लगायतका दैनिक उपभोगका धेरै काम गर्न अब आइएमई नेपाली जनजीवनको अभिन्न हिस्सा बन्न लागेको बस्नेतले जानकारी दिएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 ÷ seven =