गायिका किशु गुरुङको अध्यक्षतामा एस. एस. ओ. जी. ग्रुपको तेस्रो वार्षिक उस्सब साथै   “बोल मिठै  बोल” गीतको बिमोचन  सम्पन्न !

गीत संगीत

तिनजुरे अनलाइन !

नेपाली गीत सङीतको जगेर्ना साथै दुखी पीडितको सेवा  सामाजिक कार्य गर्नको निम्ति स्थापना भएको एस. एस. ओ. जी. ग्रुपको तेस्रो वार्षिक उस्सब  लाईन एप्स मार्फत सम्पन्न भएको छ !

गत सेप्टेम्बर २१ र २२ तारिक सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि  लामु सिरिङ भुटिया त्यस्तै बरिस्ठ गितकार ,संगीतकार र गायक निमा शेर्पा गायिका सन्ध्या जोशी  लगायत विभिन्न संघ संस्थाका अध्यक्ष प्रतीनिधि मिडिया कर्मी लगायतको उपस्थिति रहेको थियो !

तेस्रो बार्षिक उत्सब संगै सोही अबसरमा गितकार ,संगितकार तथा गायक निमा शेर्पा द्वारा प्रस्तुत गीति एल्बम “बोल बोल” गित बिमोचन समेत गरेको थियो । बोल बोल गितलाई लाइन एप्लिकेसन र मितेरी एफ.एम मार्फत एकै साथ बिमोचन गरिएको सल्लाहकार इन्दु लावतिले जानकारी दिनु भयो !

नवगायिका रितिस्मा लिम्बुको स्वर र फडिन्द्र राईको संगित रहेको उक्त पुर्बेली गीतलाई नक्साल स्टुडियाे काठमाडौं बाट रेकर्डिङ्ग गरिएको छ भने एस. एस. ओ. जी. अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty nine + = forty four