आईएमई लाईफ ईन्स्योरेन्सद्वारा पत्रकार कृष्ण विदुखी गौतम सम्मानित!

समाचार

तेह्रथुम /आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो ।

पत्रकार गौतमले आईएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको माध्यमबाट प्रचार प्रशार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको तेह्रथुम शाखा प्रमुख यामनाथ दाहालले बताउनुभयो । पत्रकार गौतमलाई आईएमई लाईफ ईन्स्योरेन्स प्रदेश नम्वर १ का प्रमुख कर्मराज पौडेलले खादा, अविर, मेडल र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।
यसै गरि सोही कार्यक्रममा एजेन्सी मेनेजर दिपक सापकोटा, यादवमणी दाहाल, मिलन कट्वाल, मनकुमारी पौडेल, पुष्पा गुरागाई, जयन्ती गुरागाई, सृष्ट्री ल्वागुन, टिम मेनेजर लिलामाया तामाङ, मन कुमारी पौडेल लगायतलाई पनि उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो । यसै गरि सोही कार्यक्रममा अभिकर्ताहरु यसोदा दाहाल, सुमन पौडेल, अन्जना खत्री, सुमनलक्ष्मी खानाल लगायतलाई टिसर्ट र क्याप प्रदान गरिएको थियो ।

कार्यक्रममा म्याङलुङ नगरपालिकाका नगरप्रमुख संजय कुमार तुम्वाहाङफेले मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ तर उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द भई यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बिमाले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । प्रदेश नम्वर १ का प्रमुख पौडेलले आईएमई लाईफ ईन्स्योरेन्सको महत्व, ईतिहास, हालको अवस्था, नेपालमा विमाको विकास, विमा बजारमा कार्यरत कम्पनि संख्या, आर्थिक जोखिमको हस्तान्तरण, भविश्यको योजना निर्माण, दीर्घकालिन पुजी निर्माण, मुलुकको विकासमा भुमिका, ऋणको भुमिकाबाट मुक्ती, करमा छुट लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा लोक वहादुर खत्री, गजेन्द्र कन्दङवा, योगेन्द्र खत्री लगायतले पनि आआफ्नो भनाई राख्नुभएको थियो ।

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड तेह्रथुम शाखाको आयोजनामा भएको कार्यक्र शाखा प्रमुख यामनाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एजेन्सि मेनेजर, अभिकर्ता, विमित, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty seven + = fifty five