निर्मला पन्त र सम्झना बिकको न्यायको लागि युएईमा दौड ।

देश विदेश

युएई – बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा युवाहरूले सामुहिक दौड आयोजना गरेका छन् ।          ९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजे सम्म युएईको सबैभन्दा अग्लो पहाड जेवल जैसमा भेला भएर निर्मला पन्त र सम्झना बिकका बलात्कारीहरुलाई कारबाहीको माग गर्दै २० जना नेपाली युवाहरूले एक्यवद्धता जनाएको सामाजिक अभियन्ता रेसम लामाले जानकारी दिनुभएको छ
सामाजिक संजालमा लोकप्रिय युएईमा कार्यरत नेपाली नर्स कल्पना गौड लगायत सारजा, दुबईबाट दौडमा सहभागी भएर नेपाली युवाहरुले निर्मला र सम्झनाले न्याय पाउनुपर्नेमा जोडदार माग राखेका थिए ।                                       जमघटमा नवराज पाण्डे, माया पाण्डे,अर्चिता पाण्डे,रोजिना आचार्य,तिलक, रमन सुवेदी, मन्जु गुरुङ, राम भण्डारी, कमला, किरण, शर्मिला लामा लगायतले १५ किलोमिटर दौड सफलतापुर्वक पूरा गरि निर्मला पन्त र सम्झना बिकका पक्षमा आवाज उठाएको अभियानकर्मी कल्पनाले जानकारी दिनुभएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty four ÷ = eight