युएइबाट १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं अवतरण ।

देश विदेश

 

रामप्रसाद ढुंगेल

जेठ-१९, अबुधाबी- युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ ।
नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते बुधबार नेपाल पुगेको नेपाली दूतावास अबुधाबीले बताएको छ ।
कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा भेन्टिलेटरको मुल्य करिब २० लाख नेपाली रुपैयाँ पर्ने दूतावास श्रोतले जानकारी दिएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले युएइको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ समस्या उत्पन्न हुन लागेकोले यथासक्य सहयोग गर्न आग्रह गरेपछि युएइ सरकारले अहिलेसम्मकै ठूलो मात्रामा सहयोग उपलब्ध गराएको हो ।

कोरोना प्रभावित बिरामीको लागि अति उपयोगी मानिने भेन्टिलेटर युएइ सरकारको विशेष विमान मार्फत नेपाल पुगेको जानकारी दिदै युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ” युएइ सरकारले नेपालका विशेष बिपत्तिहरुमा निरन्तर सहयोग गर्दै आएको छ । दूतावासको अनुरोधलाई गम्भीरतापुर्वक लिएर उल्लेखनीय सहयोग गरेकोमा युएई सरकारलाई हार्दिक आभार प्रकट गर्दछु ।”
१ सय १५ वटा भेन्टिलेटर सहित अन्य मेडिकल सामग्रीको तौल १२ हजार ५ सय टन बराबर रहेको बताइएको छ ।
नेपालको स्वास्थ संकटको यो भयावह अवस्थामा युएइ सरकारले गरेको उल्लेखनीय सहयोगको लागि धेरैले आभार प्रकट गरेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

44 + = forty eight