गायिका अन्जु पन्तकी छोरी परितोषिकाले अभिनय गरेको पहिलो भिडियो धेरै माया नदेऊ मलाई’ सार्बजनिक !

गीत संगीत

तिनजुरे अनलाईन !

गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् ।

गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् ।

पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको भएपनि यो गीत निकै मनपरेको कारणले यसैबाट डेब्यु गरेको परितोषिकाले बताइन् । परितोशिकाले अब आफू म्यूजिक भिडियो र चलचित्रमा काम गर्ने सोचका साथ आएको बताइन् ।

निकेश खड्काले निर्देशन गरेको यो गीतको भिडियोमा विकास धमलाको सम्पादन, धिरजजंग शाहको छायांकन छ ।

गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत नै बाहिर आएको हो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =