किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ !

आउदो अप्रिल १३ तारिख मंगलबार इजरायली समय सांझ ५ बजे नेपाली समय ८:४५ देखी जुम भर्चुअल मार्फत हुने उक्त कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतावासकाे प्रमुख आतिथ्य, किरात याक्थुङ चुम्लुङ केन्द्रकाे विशिष्ट आतिथ्य साथै बिदेशका सम्पुर्ण चुम्लुङहरू र स्थानिय विभिन्न संघ संस्थाहरूकाे विशेष आतिथ्य रहने महासचिव राज लिम्बुले जानकारी दिएका छन !

हरेक बर्ष नेपाल देखि आमन्त्रित  राष्ट्रिय कलाकारको साथ भब्य साङगीतिक कार्यक्रमका साथ सम्पन्न गरिने कार्यक्रम यस बर्ष भने कोभिड -१९, महामारीको कारण प्रत्यक्ष भेला भएर गर्न सम्भव नभएकोले अनलाइन जुम भर्चुअल मार्फत सम्पन्न गर्न लागीएको हो !

कार्यक्रममा सहभागि भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन देश तथा बिदेशमा बसोवास गर्नुहुने कियाचु इजरायलकाे समर्थक एवं शुभचिन्तक  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गरिएको छ !

साधारण सभाका लागी कि.या.चु. इजरायलकी निवर्तमान अध्यक्ष गीता तुम्बाहाङफेकाे संयाेजनमा  तिन सदस्सीय निर्वाचन समिति गठन गरेको छ र सदस्य बन्न चाहनु हुने इजरायलमा रहनुभएका याक्थुङ दाजुभाई तथा दिदीबहिनीहरुले कि.या.चु.इजरायल सामु जानकारी गराउन सक्नु हुने  छ !

त्यस्तै कि. या. चु. इजरायलको कार्यसमितिमा सहभागी हुन इच्छा राख्न चाहेमा आउदो अप्रिल ४ तारिख २०२१, को अपरान्ह ४ बजे भित्रमा निवाचन समिति संयोजक गीता तुम्बाहाङफे ०५८-४५०१८६३
सदस्य प्रताप मादेन०५८-४०७१८६६
सदस्य जीबन थक्लुङ ०५८-४६४३५१० सग सम्पर्क गर्ननसमेत जाानकारी गराइएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 6