किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ !

आउदो अप्रिल १३ तारिख मंगलबार इजरायली समय सांझ ५ बजे नेपाली समय ८:४५ देखी जुम भर्चुअल मार्फत हुने उक्त कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतावासकाे प्रमुख आतिथ्य, किरात याक्थुङ चुम्लुङ केन्द्रकाे विशिष्ट आतिथ्य साथै बिदेशका सम्पुर्ण चुम्लुङहरू र स्थानिय विभिन्न संघ संस्थाहरूकाे विशेष आतिथ्य रहने महासचिव राज लिम्बुले जानकारी दिएका छन !

हरेक बर्ष नेपाल देखि आमन्त्रित  राष्ट्रिय कलाकारको साथ भब्य साङगीतिक कार्यक्रमका साथ सम्पन्न गरिने कार्यक्रम यस बर्ष भने कोभिड -१९, महामारीको कारण प्रत्यक्ष भेला भएर गर्न सम्भव नभएकोले अनलाइन जुम भर्चुअल मार्फत सम्पन्न गर्न लागीएको हो !

कार्यक्रममा सहभागि भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन देश तथा बिदेशमा बसोवास गर्नुहुने कियाचु इजरायलकाे समर्थक एवं शुभचिन्तक  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा

साधारण सभाका लागी कि.या.चु. इजरायलकी निवर्तमान अध्यक्ष गीता तुम्बाहाङफेकाे संयाेजक्वत्वमा तिन सदस्सीय निर्वाचन समिति गठन गरेको छ र सदस्य बन्न चाहनु हुने इजरायलमा रहनुभएका याक्थुङ दाजुभाई तथा दिदीबहिनीहरुले कि.या.चु.इजरायल सामु जानकारी गराउन सक्नु हुने जानकारी गराइएको छ !

त्यस्तै कि. या. चु. इजरायलको कार्यसमितिमा सहभागी हुन इच्छा राख्न चाहेमा आउदो अप्रिल ४ तारिख २०२१, को अपरान्ह ४ बजे भित्रमा निवाचन समिति :संयोजक गीता तुम्बाहाङफे ०५८-४५०१८६३
सदस्य प्रताप मादेन०५८-४०७१८६६
सदस्य जीबन थक्लुङ ०५८-४६४३५१० सम्पर्क गर्न सकिने जानकारी गराइएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ three =