नेपाल आदिबासी जनजाती महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा साथै स्मारिका बिमोचन हुने !

इजरायल बिसेष

तेलअबिब ,

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा यही जुन १८ तारिखमा हुने भएको छ । महासंघका महासचिव सूर्य बहादुर राना मगरका अनुसार जुन १८ तारिख शुक्रबारका दिन बार्षिकोत्सव तथा साधारण सभाको आयोजना गरिएको जानकारी दिएका छन ।

लेवेन्स्कि ९९ (नयाविल्डिङ्गमा) साझ ७: ३० बजे हुने साधारण सभामा उपस्थितीको लागि इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु , मिडिया कर्मी , बुद्धिजीवी लगायत लाई आह्वान गरिएको छ ।

त्यस्तै उक्त कार्यक्रममा नेपाल आदिबासि जनजाती महासंघ इजरायल स्थापना हुदा देखी अहिले सम्म महासंघले गरेका २०१२ देखी २०२१ सम्मका काम, महासंघमा आबद्ध जातजाती, संस्थाको परिचय सहित विभिन्न लेख रचनाले समेटिएको स्मारिका समेत बिमोचनको कार्यक्रम रहेको संरक्षक निर्मला गुरुङले जानकारी दीएकी छन !

विश्वका आदिवासी जनजाति एक हौ आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मुल नाराका साथ २०१२ मा नेपाल आदिवासी जनजाति महासंघ इजरायल गठन भएको हो ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× three = 15