दुबईमा विशालाक्षी नामक नेपाली रेस्टुरेन्ट संचालन !

देश विदेश

रामप्रसाद ढुंगेल

जेठ २९, दुबई- वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् ।
सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको अलमुल्ला प्लाजामा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे जेठ २८ गतेबाट औपचारिक शुभारम्भ गरेका छन् ।
युएईको नेपाली रेस्टुरेन्ट क्षेत्रमा अहिलेसम्मकै ठुलो क्षेत्रफलमा खोलिएको मौलिक नेपाली रेस्टुरेन्टको क्षेत्रफल ३१ सय स्क्वायर मिटर रहेको संचालकहरुले दाबी गरेका छन् ।
मौलिक नेपाली खानाहरु अन्यभन्दा सस्तो, स्वादिलो, स्वादिष्ट र समयमै उपलब्ध गराउने दाबीका साथमा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे स्थापना गरिएको संचालक खतिवडाले बताएका छन् ।
युएईमा धेरै नेपाली रेस्टुरेन्टहरु संचालनमा छन् तर विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा पर्याप्त पार्किङ रहेको साथै नेपालीहरुको बसोबासको केन्द्र बन्दै गएको अल नादा, होर्लान्स, ट्याक्सी कर्पोरेसन, अल गेसिस एरियामा गुणस्तरीय र मौलिक नेपाली रेस्टुरेन्टको अभाव भएकोले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा ठुलो लगानी गरिएको संचालकद्वयले बताएका छन् ।
विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा परम्परागत नेपाली खानाका अलवा मम: चाउमिन, नुडल्स, बिरियानी, बर्गर पनि पाइने र सुलभ दरमा मासिक मेस पनि संचालन गरिने बताइएको छ । यस रेस्टुरेन्टकमा एयरपोर्ट देखि बरदुबई एरियामा होम डेलिभरी सुविधा पनि रहेको बताइएको छ ।
जेठ २८ शुक्रबार एक भब्य उपस्थितिमा औपचारिक उदघाटन गरिएको विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा नेपाली बिज्न्नेस काउन्सिल दुबईका प्रतिनिधिहरु ओमप्रकाश भण्डारी, बाबुराम सापकोटा, नेपाली संघसंस्थाका प्रतिनिधिहरु र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।
उपस्थित सबैले व्यावसायिक सफलताको शुभकामना दिएका थिए भने नेपाली विज्नेस काउन्सिलका प्रतिनिधिहरुले व्यावसायको संचालनका क्रममा आउने समस्याहरु आपसमा मिलेर समाधान गर्ने बताएका थिए ।

युएईमा लामो समय काम गरेर आफ्नो सीप र क्षमता अभिबृदी गरी कामदारबाट व्यावसायी बन्न सफल भएकोमा संचालकद्वय खतिवडा र घिमिरेलाई बधाई तथा शुभकामना दिदै झापाली समाज युएईका पुर्व अध्यक्ष अशोक चापागाईंले एकता, सहयोग र सहकार्य गरिने बताएका छन् ।
ओपनिङ कार्यक्रममा उपस्थित सबै शुभेच्छुकहरुले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा खानाहरु स्वादिलो भएको र फराकिलो स्थानमा शान्त वातावरणमा नेपालीपनको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।
तीन वटा फेमली रुम र कुल क्षमतमा ३० प्रतिशत मात्रै टेबल राख्दा पनि अहिले २० जनालाई एकैपटक सेवा दिन सकिने संचालक घिमिरेले बताएका छन् । तत्काल २ जना कुक, २ जना वेटर, एकएक जना सहयोगी र क्यासियर सहित ६ जनालाई रोजगारी दिएको यस रेस्टुरेन्टले रोजगारीमा नेपालीहरुलाई नै प्राथमिकता दिने संचालकले बताएका छन् ।

दुबईमा रहेका नेपाली व्यावसायीहरुको हक र हितको लागि युएईको सरकारी निकायमा दर्ता भएको पहिलो नेपाली संस्था नेपाली बिज्नेस काउन्सिलले दुबईमा रहेका नेपाली व्यावसायीलाई एकत्रित गरी कानुनी, नीतिगत र प्राविधिक पक्षमा सहजीकरण गरिरहेको र यस क्रममा व्यावसायिक यात्रा शुरु गरेसँगै काउन्सिलमा आबद्द भएकोमा नेपाली बिज्नेस काउन्सिल दुबईका महासचिव दिपकराज पौडेलले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेका संचालकद्वयलाई बधाई साथै व्यावसायिक सफलताको लागि शुभकामना दिएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = four