जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै !

समाचार

तिनजुरे अनलाइन!

आगामी १२ सेप्टेम्बर २०२१  आइतबारका दिन जनता समाजवादी पार्टीका शिर्ष नेताहरुद्धारा प्रवासमा रहेका नेपालीहरुलाई भर्चुवल माध्ययमबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको  छ ।

पार्टीको सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत पार्टीको प्रवास विशेष प्रदेश समितिको आयोजनामा सो कार्यक्रम नेपालको समय दिउसो २.३० बजे शुरु हुनेछ जानकारी गराइएको छ !

भर्चुवल जुम माध्ययममा ३ सय जना सम्म सहभागी हुनसक्ने क्षमताको रहेको र काठमाडौंमा उपलब्ध नेता तथा प्रवास विशेष प्रदेश समितिका पदाधिकारीहरु सशरिर उपस्थित भई दुवै माध्ययमबाट कार्यक्रम गर्न पहल भईरहेको कुरा जसपा  उपाध्यक्ष  तथा कार्यक्रम संयोजक सुन्दर सिंह लामा तामाङले  जानकारी दिनु  भएको छ ।

सम्बोधनको निमित्त पूर्वप्रधानमन्त्री तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता असोक राई र नेता राजेन्द्र प्रसाद श्रेष्ठले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

काठमाडौंमा ब्यवस्थापनको काम उपाध्यक्ष तथा पूर्व डिआईजी पार्वती थापामगरले गरिरहनु भएको जानकारी प्राप्त भएको छ ।

प्रवासमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सहभागिता जनाईदिनको निमित्त आयोजक समितिले हार्दिक आब्हान गरेको छ ।

सहभागिताको निमित्त जुम युजरः 2178082149, Password: 2021

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = 3