इजरायलमा “बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने, अक्टोबर पन्ध्र  मा पत्रकार सम्मेलन गर्दै !

इजरायल बिसेष

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायमा बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ !

किरात याक्थुङ चुम्लुङ इजरायलले सुचना जारी गर्दै आउदो नोभेम्बर ५ तारीख शुक्रबार बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता सम्पन्न हुन लागेको हो !

”एकता र मित्रताको लागि फूटबल” भन्ने  नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत २०१६ देखि   बलिहाङ तङनाम को सुखद अवसरमा  निरन्तर आयोजना गरिरहेको कि या चु इजरायलका पुर्ब अध्यक्ष  कुमार  आङदेङबे (अभि)ले जानकारी दिएका छन् !

इजरायल मा स्थापित विभिन्न फूटबल क्लबहरुलाई सहभागिता भइ प्रतियोगितालाई सफल बनाउन KYC FC द्वारा  सुचना जारी गरेको छ !

सम्पूर्ण फूटबल क्लबका टिम मेनेजर/कोच,खेलाडी लाई उपस्थित भइ आफ्नो टीम दर्ता गरि उक्त प्रतियोगितामा सहभागी  हुन अनुरोध गर्दै अक्टोबर १५ तारिख शुक्रबार साझ ५ बजे पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पूर्ण जानकारी गराईने आयोजकले जानकारी दीएका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = thirty two