नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा माघ्या सकराटी साङ्गितिक साँझ २०७९ सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय कलाकार मगरको साथमा माघ्या सकराटी साङ्गितिक साँझ २०७९ सम्पन्न गरेको छ !

शुक्रबार साँझ तेल-अभिब स्थित बसपार्कको तेस्रो तल्ला एभरेस्ट क्लबको हलमा । अध्यक्ष सुर्य बहादुर राना मगरको सभापतित्व , नेपाली राजदुतावास इजरायलकी महामहिम राजदुत कान्ता रिजालको प्रमुख आतिथ्यता साथै इजरायलमा स्थापित विभिन्न संघ संस्था र प्रतीनिधि साथै नेपालीहरुको उपस्थिति रहेको थियो !

कार्यक्रममा नेपाली राजदुतावास इजरायलकी महामहिम राजदुत कान्ता रिजाल नेपाल आदिबासी जनजाति महासंघ इजरायलकी अध्यक्ष नानिमाया योञ्जन तामाङ र एनआर एनए एनसिसी इजरायलका अध्यक्ष गणेश गिरि ,लगायतले सुभकामना मन्तव्य राखेका थिए त्यस्तै अध्यक्ष सुर्य रानाले स्वागत मन्तव्य राख्दै माघे सक्रान्ति बारे प्रष्ट पारेका थिए !

आमन्त्रित राष्ट्रिय कलाकार तारा सिरिस मगर लगायत स्थानिय कलाकारले भब्य साङ्गितिक प्रस्तुती दीएका त्यस्तै औपचारिक कार्यक्रम माया आले साथै -अनौपचारिककार्यक्रम  महासचिब चित्र जुग्जालीले गरेका थिए !

“भेषभुषा, भाषा, धर्म संस्कृतीको संरक्षण एंव विश्व भरिका मगर हरुको एकता अहिलेको आवश्यकता” भन्ने मुख्य उधेश्यका साथ स्थापित नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा “मौलिक पर्बको प्रबर्द्धन र पहिचान सहित अक्षयकोष अभिवृद्धिका लागी माघ्या सकराटी साङ्गितिक साँझ २०७९ भब्य रुपमा सम्पन्न भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × one =