नेपाली जनसम्पर्क समिति इजरायलले विभिन्न राष्ट्रिय पर्वहरुको अबशरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन /
नेपाली जनसम्पर्क समिति इजरायलले नेपालीहरुका विभिन्न राष्ट्रिय पर्वहरुका अबशरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ !

आउदो २०२२अक्टोबर ७ तारिख शुक्रबार नोकिया पार्क, तेल अभिवमा बेलुका ७:३० बजे नेपालीहरूका राष्ट्रिय पर्वहरु बडा दशैं, मोहनी नख:, शुभ दिपावली (तिहार), नेपाल संवत् ११४३, न्हु दया भिन्तुना, बलिहाङ तंङनाम र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम रहेको सभापति दिपिका भुसालले जानकारी दीएकी छन !

उक्त कार्यक्रमहरु सम्पन्न गराउन
इजरायलमा रहेका राजनीतिक, सामाजिक, धार्मिक, साहित्यिक र जातीय संघसंस्थाहरुलाई खुल्ला निमन्त्रणा गरिएको सुचनामा उल्लेख छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ seven = 1